भक्तपुर - शिक्षक सेवा आयोगले लामो समय देखि रोकिएको शिक्षक लाईसेन्सको विज्ञापन खोलेको छ । माध्यमिक तहको विभिन्न् तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरिएको आयोगका प्रशाशकीय प्रमुख डा. तुलसी थपलियाले जानकारी दिए । प्रावि र निमाविमा तालिम प्राप्त हुनु पर्ने तर माविको हकमा तालिम प्राप्त सँगै अप्राप्तले पनि लाईसेन्सको परीक्षामा सहभागिता जनाउन सक्ने छन् ।
'खास विषयमा हुने शिक्षक अभाव हटाउन शिक्षा ऐनमा भएको व्यवस्थाका आधारमा मावि तहका निश्चित विषयमा शिक्षक हुन चाहने विद्यार्थीलाई तालिम नभए पनि हुने व्यवस्था कार्यान्वयन गरिदैं छ' थपलियाले भने 'यो सँगै साविकका उच्च मावि तहका शिक्षकहरुका लागि पनि आवश्यक लाईसेन्सको परीक्षा हुने व्यवस्था गरिएको छ ।'
जस अनुसार माध्यमिक तहको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा ३ सय पूर्णाङ्क सहित आयोगबाट स्वीकृत भएका पाठ्यक्रमहरु मध्ये कुनै एक विषय (नेपाली, सामाजिक, विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय संचालन तथा लेखा, कानुन, वाली विज्ञान र पशु विज्ञान) मा स्नातकोत्तर तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी साविक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकको हैसियतले अस्थायी अध्यापन अनुमतिपत्र लिइसकेका शिक्षकहरूका लागि मात्र उक्त विज्ञापन गरिएको हो ।
यस्तै माध्यमिक तहकै अर्को विज्ञापनका लागि तालिम नभए पनि हुने व्यवस्था गरिएको छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय संचालन तथा लेखा, कानुन, कृषि (बाली) विज्ञान र पशु विज्ञान मध्ये कुनै एक विषयमा कम्तीमा ३ सय पूर्णाङ्क सहित स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले यस परीक्षामा सहभागिता जनाउन सक्ने छन् ।
यस्तै प्राथमिक तहको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिना अवधिको तालिम वा ४ सय पूर्णाङ्कको शिक्षा विषय लिई माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेको, र निम्न माध्यमिक तहको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा २ सय पूर्णाङ्क सहित परीक्षा दिन चाहेको कुनै एक विषय (नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक) मा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिना अवधिको तालिम लिएको हुनु पर्ने छ ।
लाईसेन्सका लागि असार २२ गते सम्म फारम भर्न सकिने छ । दोब्बर दस्तुर तिरी असार २९ गते सम्म फाराम भर्न सकिनेछ । दोब्बर दस्तुरको म्यादलाई उमेर र योग्यताको प्रयोजनको लागि गणना नगरिने आयोगले जनाएको छ । प्राविका लागि ५ सय निमाविका लागि ७ सय र माविको उल्ल्ेखित तिनै प्रकारका लागि हजार रुपैंया दरखास्त दूतुर तोकिएको छ ।
पछिल्लो पटक मावि र निमाविको लाईसेन्स २०७२ सालमा र प्राविको लाईसेन्स २०६८ सालमा खोलिएको थियो । लामो समय सम्म लाईसेन्सको परीक्षा नहुँदा शिक्षक हुन योग्यता पुरा गरेका पाँच लाख भन्दा धेरै विद्यार्थीले लाईसेन्स पाएका थिएनन् ।
लाईसेन्सको सूचना हेर्नुहोस् :
Isc le kun levelko varna milchha ? plz reply me...
कम्प्युटर , ईलेक्ट्रिकल इन्जीनियर लाई हुँदा इलेक्ट्रोनिक्स इन्जीनियर लाई किन समावेश न गरिएको ?
सामाजिक बिषयको अध्यापन अनुमती पत्रको लागि कथित सामाजिक बिषय सङ्ग सम्बन्धित बिषयमा शिक्षाशास्त्र पढेकाले मात्र आबेदन दिन पाउने ब्यबस्था गरेपछी सामाजिक शिक्षामा तुलनात्मक रुपमा जनशक्ति अभाव हुने देखिन्छ । सामाजिक बिषयबस्तु अनिवार्य बिषयमा बिएड र एम एड मा जुनसुकै बिषय पढ्नेले नि पढ्दछन । नेपालको शिक्षाशास्त्र अन्तर्गत कथित सोसोलोजिलक बिषय लाई मात्र सामाजिक पढाउने अनुमती दिनु औचित्यपूर्ण छैन। किनकी ती सोसोलोजिकल बिषयले पनि सामाजिक अध्यायन का सबै बिषबस्तु समेट्दैनन। सामाजिक अध्यायन बिषय सबै बिषयको समायोजित रुप हो । यसमा कुनै एक बिषयको ज्ञानले मात्र पुग्दैन जस्तै ; भुगोलले नागरिक चेतना र कानुन समेट्दैन । अर्थशास्त्रले भुगोल , इतिहास ,कनुन, नागरिक चेतना समेट्दैन । ईतिहास ले भुगोल समेट्दैन । जनसंख्याले भुगोल , नागरिक चेतना , ईतिहास र संस्कृति समेट्दैन भने यो कस्तो बिशिष्टिकरण गरेको हो ? यस बिषयमा बिशिष्टिकरण गर्न मिल्दैन। यो औचित्यपूर्ण छैन। मानबिकी र शिक्षशास्त्रका सबै बिषय लाई समाजिक अध्ययन को अध्यापन अनुमती पत्रको आबेदन खुला गरिनु पर्छ। शिक्षाशास्त्र अन्तर्गत सोसोलोजिकल बिषय पढ्ने जनशक्ति नै कम छ । जनशक्तिको अभाव अब सामाजिक शिक्षामा देखिनेछ । अनि सबैभन्दा अदक्ष शिक्षक पनि सामाजिक शिक्षामा छनौट हुन्छन।त्येसैले तत्काल मानबिकी र शिक्षाशास्त्रका जुनसुकै बिषय अध्यायन गरेकालाइ अध्यापन अनुमतीपत्रको लागि आबेदन खुला गरिनु आबश्यक छ ।
साविक उच्च मा वि को अर्थशास्त्र विषयमा किन मौन छ विज्ञापन ? मा वि अर्थशास्त्रको शिक्षक नचाहिने भएको हो ?