Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

कक्षा १० को नतिजा सार्वजनिक, प्रदेश अनुसार छुट्टाछुट्टै

विहीबार, १२ असार २०७६

भक्तपुर - कक्षा १० को नतिजा सर्वजनिक भएको छ । गत चैत १० गते बाट शुरु भएको परीक्षाको नतिजा प्रदेशगत रुपमा छुट्टाछुट्टै सार्वजनिक गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

नतिजा अनुसार १७ हजार ५ सय ८० विद्यार्थीले ३.६ देखि ४ जीपीए ल्याएका छन् भने, ३.२० देखि ३.६ जीपीए पाउने विद्यार्थीको संख्या ५१ हजार १ सय ३७ छ । २.८० देखि ३.२० जीपीए पाउनेको संख्या ६३ हजार ७ सय ४१, २.४० देखि २.८० जीपीए पाउनेको संख्या ७६ हजार ५ सय ६४ र २ देखि २.४० जीपीए पाउने विद्यार्थीको संख्या ९८ हजार २ सय ७ रहेको छ ।

९५ हजार ३ सय ७ जनाले १.६० देखि २ जीपीए पाएका छन् भने ४ हजार ४ सय २९ जनाले ०.८० देखि १.२० जीपीए पाएको बोर्डले जनाएको छ ।

प्रदेशगत नतिजा

नतिजामा चित्त नबुझी पुनर्याेग गर्नु परेमा प्रति विषय ५ सय रुपैयाँ तिरेर १५ दिन भित्र निवेदन दिन सकिने व्यवस्था गरिएको छ । दुई विषयसम्म सी वा सी भन्दा तलको ग्रेड आएमा ग्रेड वृद्धिको पूरक परीक्षामा सहभागी हुन सक्ने छन् । 

मुलुकभरबाट यो वर्ष ४ लाख ७५ हजार विद्यार्थी परीक्षामा सहभागी थिए । एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको परीक्षामा क्ष्स पटक प्रदेश अनुसार अनिवार्य विषयहरुको प्रश्नपत्र फरक फरक बनाईएको थियो । 

शिक्षा ऐनको आठौं सँशोधनले विद्यालय शिक्षाको संरचना परिवर्तन गरेर साविकको एसएलसीको व्यवस्थालाई परिवर्तन गरेको छ । विद्यालयको अन्तिम परीक्षा कक्षा १२ हुने ब्यवस्था गरे पनि शिक्षा मन्त्रालय र मातहतका निकायले प्रभावकारी कार्य सम्पादन गर्न नसक्दा पुरानै ’धंङधंङी’ कायमै छ । 

उक्त परीक्षा सञ्चालनको लागि राष्ट्रिय परीक्षा बोर्डको व्यवस्था गरिएको छ । ऐन संशोधनको तीन बर्ष सम्म पनि कक्षा १० को परीक्षा प्रदेश स्तरमा सञ्चालन गर्ने संरचना निर्माणमा बोर्ड असक्षम हुँदा पहिलेकै जस्तो गरी तामझामका साथ नतिजा सार्वजनिक गरियो । 

संविधानको अधिकार सूचीको विस्तृतीकरण अन्र्तगत संघ, प्रदेश र स्थानीय तहले गर्नुपर्ने कार्य र क्रियाकलापका करिब १ हजार ८ सयवटा काममा कक्षा १० को परीक्षाको सम्पूर्ण जिम्मा प्रदेश सरकारको हुने स्पष्ट छ । तर परिवर्तनलाई कार्यान्वयन गर्न नसक्ने शिक्षा मन्त्रालयको व्यरोक्रेसीको पुरानै ढर्राका कारण उक्त परीक्षालाई पनि साविकको एसएलसीकै रुपमा चित्रण हुने क्रम जारी छ । तर, कक्षा १० को परीक्षा अन्य कक्षाको जस्तै हो भन्ने गरी सरकारी संयन्त्रले कार्य सम्पादन गर्न नसक्दा अभिभावक विद्यार्थीमा पनि यसको उस्तै प्रभाव कायम छ ।

यो पनि पढ्नुहोस् : कक्षा १० को नतिजाको तामझाम : असफल राजनीतिक नेतृत्व, व्यापारीको पञ्जामा कर्मचारीतन्त्र !

प्रतिक्रिया