शिक्षा सुधारको बहस : पाठ्यक्रमलाई केन्द्रमा राख्न जरुरी


- पाठ्यक्रम भनेको विद्यालय भित्र र बाहिर विद्यार्थीमा ऐच्छिक उपलब्धिहरु प्राप्त गराउन विद्यालय द्वारा निर्माण गरिएको योजना हो – हिल्टा टावा, पाठ्यक्रमविद्

- मानव जातिको सम्पूर्ण ज्ञान तथा अनुभवहरुको सारको रुपमा पाठ्यक्रमलाई लिनु पर्दछ – फ्रोवेल, शिक्षाविद्

- विद्यालयको निर्देशन भित्र रहेर सिकारुले प्राप्त गर्ने सम्पूर्ण अनुभवहरु समावेश गरिएको शैक्षिक योजनाको रुप नै पाठ्यक्रम हो – मोसे, शिक्षाविद्

विश्व प्रख्यात पाठ्यक्रमविद् तथा शिक्षाविद्का यस्ता अवधारणालाई सारका रुपमा बुझ्ने हो भने पाठ्यक्रम भनेको विविध ज्ञान आर्जनका लागि सङ्गठीत ढाँचामा समायोजन गरी बनाइएको पाठ्यांशहरुको शैक्षिक कार्य योजना भन्न सकिन्छ ।

पाठ्यक्रम विद्यार्थीको सर्वाङ्गीण विकासका लागि आवश्यक पर्ने ज्ञान, सीप र अनुभवहरुको विस्तृत योजना हो । नेपालको राष्ट्रिय शिक्षा पद्घति योजना २०२८ ले पाठ्यक्रमलाई शिक्षाको उद्देश्य प्राप्तिका लागि बनाईएको शैक्षिक कार्यक्रमका रुपमा व्याख्या गरेको छ ।

शिक्षा शब्द कोषका अनुसार पाठ्यक्रम भनेको उद्देश्य, लक्ष्य, विषयवस्तु, प्रकृया, स्रोत र मूल्याड्ढनको साधन हो, भन्ने छ । पाठ्यक्रमलाई युनेस्कोले शिक्षाको उद्देश्य प्राप्तिका लागि विद्यालय तथा शिक्षक द्वारा विद्यार्थीका लागि तयार गरिएको योजना र निर्देशन अनुसारको सम्पूर्ण अनुभवहरुको सँगालो हो भनेको छ । यस सन्दर्भमा पाठ्यक्रमलाई  शिक्षाको समग्र उद्देश्य प्राप्त गर्ने साधनका रुपमा लिइन्छ ।

पाठ्यक्रम सम्पूर्ण शैक्षिक गतिविधिको मेरुदण्ड हो । यो समग्र शैक्षिक क्रियाकलापहरुको नेतृत्व गर्ने सशक्त कार्ययोजना हो । विद्यार्थीको शारिरिक, मानसिक, संवेगात्मक, सामाजिक लगायतका क्षेत्रमा चौतर्फी विकासका लागि पाठ्यक्रमले भूमिका खेलेको हुन्छ । पाठ्यक्रम भित्र शिक्षाको राष्ट्रिय उद्देश्य परिपूर्ति गर्नका लागि पाठ्यांश अनुसारका शिक्षण विधि, सिकाइको ढाँचा, समय निर्धारण, मूल्याङ्कन, शैक्षिक सामाग्री आदिको क्षेत्रलाई समेटिएको हुन्छ । यस अर्थमा पाठ्यक्रम विद्यार्थीको सर्वाङ्गीण विकासका लागि आवश्यकपर्ने ज्ञान, सीप र अनुभवहरुको एकीकृत रुप हो ।  

अहिले शिक्षाको नयाँ संरचना अन्तरगत कक्षा ८ सम्मलाई आधारभूत शिक्षा र ९ देखि १२ सम्मलाई माध्यमिक शिक्षा मानिएको छ । शिक्षामा आमूल परिवर्तनको आश्स्यकताको बहस भई रहँदा राज्यले विद्यालय शिक्षालाइ स्थानीय तह अन्तरगत रहने व्यबस्था गरेको छ । यसको साथै कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम बनाउने अधिकार स्थानीय सरकारलाई दिईएको छ । स्थानीय सरकारले आवश्यकता अनुसार १०० पूर्णाड्ढको पाठ्यपुस्तक निर्माण गरी पठनपनठन गर्न पाउने अटोनोमस अधिकार पाएका छन् । यस सन्दर्भमा स्थानीय तहको पाठ्यक्रम निर्माण गर्दा के कस्ता बिषयहरुको छनौट गर्ने भन्ने बिषयमा गहिरो अध्ययन, अनुसन्धान, विचार, विमर्श तथा प्राज्ञिक बहस हुन जरुरी छ । 

आधारभूत शिक्षा व्यक्ति, समाज र राष्ट्रको जग हो । आधारभूत शिक्षा गुणस्तरीय नभईकन माथिल्लो तहको शिक्षा गुणस्तरीय हुन सक्दैन । देशमा भएका ७ सय ५३ स्थानीय सरकारहरुमा आधारभूत तथा माध्यमिक विद्यालयहरु सञ्चालित छन् । यी स्थानीय सरकारहरु भौगोलिक, सामाजिक, आर्थिक, सांस्कतिक, धार्मिक, भाषिक, प्राकृतिक स्रोत तथा साधनका आधारमा विविधता पूर्ण छन् । स्थानीय सरकारलाई पाठ्यक्रम निर्माण गर्न दिनुको अर्थ पनि यी भिन्न स्वरुप र सामथ्र्यमा रहेको समाजको आवश्यकता अनुसार बिषबस्तुको छनौट गरी पाठ्यक्रम निर्माण गर्नको लागि हो । यस अर्थमा स्थानीय पाठ्यक्रम निर्माण गर्दा सम्बन्धित ठाउँको आवश्यकता, व्यक्ति तथा समाजको चाहनाका साथै समयसापेक्ष जीवन उपयोगी शिक्षा प्रदान गर्न सकिने पाठ्यक्रमको आवश्यकता पर्दछ । यसर्थ स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तकमा समावेश गरिने बिषयबस्तुको छनौट गर्दा व्यक्ति, समाज र समग्र राष्ट्रका लागि उपयोगी हुने व्यबहारिक एवं जीवनउपयोगी बिषयबस्तुको छनौट आवश्यक हुन्छ ।

हाम्रो देश विविधताले भरिएको छ । समाजमा भिन्न जात जाति, भाषा, भाषी, धर्म, संस्कृति, चालचलन, भेषभूषा तथा रहन सहनहरु छन् । यी विविध समुदायहरुका बीचमा आपसी समझदारी, धार्मिक सहिष्णुता, साँस्कृतिक अन्तरघुलन, भाषिक तथा चलन चल्तीहरुलाई आपसी स्वीकारोक्ति, एकले अर्काको इज्जत, सम्मान र आदर गर्ने संस्कृतिको विकास गर्न सक्ने शिक्षा अहिलेको आवश्यकता हो । राज्यले शिक्षाको माध्यमबाट सबैका हक र अधिकारहरुलाई संबोधन गर्ने प्रयास गरेको छ । यसको लागि सबै सम्प्रदायका धर्म, भाषा, चाड, पर्व लगायतलाई पाठ्यक्रममा  स्थान दिन आवश्यक ठानिन्छ । आजका बालबालिकाहरु भोलिका समाजका नागरिक हुने भएकोले आधाभूत शिक्षाको जगबाट नै उनीहरुलाई लोकतान्त्रिक, अनुशासित, परोपकारी, क्षमासील, मानवतावादी व्यक्ति तथा व्यक्तित्व निर्माण गर्नको लागि तत्अनुरुपको नागरिक शिक्षाको बिषयबस्तुको समावेश गर्न आवश्यक छ । 

शिक्षा समाज रुपान्तरणको भर पर्दो माध्यम हो । एकातिर हाम्रा गाउँहरु अशिक्षा, गरिवी, अभाव, बेरोजगारी र पछौटेपनबाट आक्रान्त छन् भने अर्कोतिर समाजमा असमानता, अन्याय, अत्याचार, शोषण, दमन तथा उत्पीडनहरु व्याप्त छन् । दुरदराजका गाउँवस्तीहरुमा सामाजिक कुरिती तथा अन्धविश्वासहरुले जरा गाडेका छन् । भूगोल, सम्प्रदाय तथा सामाजिक चेतनाका आधारमा समस्याहरुका रुप र प्रकृतिहरु भने भिन्न छन् । समाजमा  छाउपडी, देवकी, घुम्टो प्रथा लगायत, दाईजो प्रथा, महिला हिंसा, जातीय विभेद जस्ता समस्याहरु व्याप्त छन् । शिक्षा सामाजिक चेतनाको सशक्त माध्यम भएकोले आजका बालबालिकाहरुलाई माथि उल्लेखित सामाजिक समस्याहरु समाधान गर्न सकिने चेतनाको विकास गर्न आवश्यक हुन्छ । यस अर्थमा स्थानीय पाठ्यक्रमले आधुनिक समाज निर्माण गर्न सहयोग गर्ने बिषयबस्तुको छनौटलाई प्राथमिकता दिनु पर्दछ । यसो भएमा समाजका विद्यमान समस्याहरु हटाउनको लागि सामाजिक चेतनाको विकास हुन सक्दछ ।

हाम्रा हरेक स्थानीय तहहरु कुनै न कुनै रुपमा धार्मिक, साँस्कृतिक, पुरातात्विक, तथा ऐतिहासिक  महत्वले प्रख्यात छन् । बालबालिकाहरुले आप्mनो गाउ,ँ ठाउँ, क्षेत्र, प्रान्त तथा देशमा भएका महत्वपूर्ण  धरोहरको बारेमा जान्नु पर्दछ । आप्mनो देशको इतिहासको गौरव गर्न सक्ने, अग्रज पुस्ताको योगदानलाई इज्जत गर्न सक्ने, वीर विरङ्गनाहरुबाट प्रेरणा लिन सक्ने किसिमको ज्ञान बालबालिकाहरुमा हस्तान्तरण गर्न आवश्यक हुन्छ । राष्ट्रनिर्माता पृथ्वी नारायण शाहबाट राष्ट्रिय एकताको भावना, भिमसेन थापाबाट सार्र्वभौमिकताको महत्व, रामशाहबाट सामाजिक न्याय जस्ता प्रेरणाहरु प्रदान गरी व्यबहारमा अनुसरण गर्ने अन्य राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्ति एवं व्यक्तित्वहरुका योगदानलाई पाठ्यक्रममा समावेश गरिनु पर्दछ ।

आत्म अनुशासन मानिसको ठूलो गहना हो । शिक्षाले व्यक्ति, समाज र समग्र राष्ट्रलाई नै अनुशासित बनाउनु पर्दछ ।  शिक्षा र अनुशासनलाई संगसंगै हिंडाउन सकिएन भने सामाजिक  सद्भाव भङ्ग हुन्छ । नागरिकमा नैतिकता, इमान्दारिताका साथै कर्तब्य बोधको अभाव हुन्छ । यस अर्थमा सामाजिक अनुशासनमा टेवा पुग्ने नैतिक शिक्षालाई आधारभूत शिक्षामा प्रथमिकता दिन आवश्यक छ । शिक्षाले माता, पिता र गुरुको महत्व र महिमालाई बोध गराउनु पर्दछ । श्रवण कुमार रुपी छोराछोरी र एकलव्यरुपी चेलाहरुका साथै परिवारका सदस्यहरुको बीचमा आपसी समझदारी, लंैगिक सहभाव, ठूलोलाई आदर, सानोलाई माया, शिष्ट, सभ्य, उदार एवं शालीन व्यक्तित्व निर्माणमा आधारभूत शिक्षाको ठूलो महत्व हुने भएकोले नैतिक शिक्षालाई पाठ्यक्रममा समेट्न आवश्यक देखिन्छ ।

नेपाल भूकम्प, बाढी, पहिरो, शीतलहर, सिरेटो, भोकमरी, महामारी जस्ता समस्याहरुले प्रभावित भएको मुलुक हो । उल्लेखित समस्याहरु भौगोलिक बनोटका आधारमा कम वा बढि प्रभावित छन् । यी समस्याहरुको जानकारी र विपद् व्यवस्थापनको ज्ञानमा आधारित पाठ्यक्रम भएमा प्राकृतिक प्रकोप र यसबाट बँच्न र बचाउन सक्ने उपायहरुका बाटा र पाटाहरु सिक्न र सिकाउन सकिन्छ । तसर्थ प्राकृतिक विपद पश्चात पुननिर्माण गरी मनोवैज्ञानिक रुपमा सकारात्मक जीवनशैली अपनाउने आत्मबलको खाँचो पर्ने हुनाले विद्यालय शिक्षाको पाठ्यक्रममा प्राकृतिक प्रकोप र यसबाट बँच्न सकिने उपायको ज्ञान तथा सीपलाई पठनपाठनको बिषयबस्तु बनाईनु पर्दछ ।

अहिले हाम्रो देशमा समय सापेक्ष शिक्षामा सुधार गर्न पर्ने बहस छ । समय साक्षेक्ष शिक्षाको कुरा गर्दा समाजको आवश्यकता अनुरुप तय गरिएको शैक्षिक प्रणालीलाई बुभ्mनु पर्दछ । देशमा रहेको प्राकृतिक सम्पदा जल, जमिन, जंगल तथा जडीबुटीको उपयोग गर्नसक्ने दक्ष जनशक्ति उत्पादन गर्न सक्षम पाठ्यक्रम र पाठ्यबस्तुको पठनपाठन आजको आवश्यकता हो ।  हाम्रो देश प्राकृतिक स्रोत र साधनले सम्पन्न छ । विभिन्न ठाउँमा खानीहरुको खजना छ । सुन,चाँदी, हिरा, मोति, फलाम,तामा, पेटोलियम पदार्थ, कोइला लगायतका खनिज साधनहरु कतिपय ठाउँमा पत्ता लगाई सकेको अवस्था छभने कतिपय खानीहरु भूगर्वमा नै अपरिचत अवस्थामा छन् । यी खानीहरुको पहिचान, महत्व र भविष्यमा यिनीहरुको उत्खन गर्न सक्ने शिक्षित जनशक्ति उत्पादन गर्नु आजको आवश्यकता हो । 

हाम्रो देशमा शैक्षिक वेरोजगार ठूलो समस्याको रुपमा रहेको छ । विद्यालय शिक्षा तथा उच्च शिक्षासम्मको अध्ययनले पनि शिक्षित जनशक्तिलाई स्वरोजगार बनाउन सकेको छैन । पढेलेखेको युवा शक्ति अन्तराष्ट्रिय बजारमा काम गर्न जान बाध्य छ । प्राकृतिक स्रोत र साधनले भरिएका हाम्रा गाउँहरु उजाड बन्दै गईरहेका छन् । नेपाली समाजको हातमुख जोड्ने, आय आर्जन गर्ने मूल स्रोत कृषि तथा पशुपालन क्षेत्र धरासायी भएको छ । हुँदै छ । यस सन्दर्भमा स्थानीय स्तरमा आधारभूत शिक्षाको पाठ्यक्रम, तथा पाठ्यपुस्तक देखि उच्च शिक्षासम्म देशको जैविक वविधता र ठाउँ अनुसार उत्पादन हुनसक्ने खाध्यान्न, तरकारी, फलफूल खेति लगायत मौरी पालन, मत्स्यपालन,पशुपालन, कुखुरा पालन, हाँस पालन, पुष्पव्यबसाय,च्याउखेति, रेसमखेति, बाँस तथा निगालोबाट उत्पादन हुने सामाग्रीहरु, जडीबुटी, चिया, अलैंची तथा अन्य नगदे व्यबसायहरुको पहिचान तथा यिनीहरुको उत्पादनको बिषमय बस्तुलाई पाठ्यक्रममा समावेश गर्न आवश्यक ठानिन्छ ।

अन्त्यमा समग्र शिक्षाको सुधारका लागि स्थानीय पाठ्यक्रम देखि उच्च शिक्षासम्म व्यबहारिक, बैज्ञानिक, प्राविधिक, पेशामैत्री एवं जीवनउपयोगी बनाउनको लागि तत्अनुरुपको पाठ्यक्रम निर्माण गर्न वाञ्छनीय छ । यसको लागि देशका शिक्षाविद्, लेखक, शिक्षक, अभिभावक, विद्यालय व्यबस्थापन समिति, बुद्घिजीवी लगायतका व्यक्ति एवं व्यक्तित्वहरुको राय, सल्लाह र सुझावहरुलाई समावेशगरी विभिन्न तहमा समय सापेक्ष बैज्ञानिक, व्यबहारिक एवं जीवन उपयोगी पाठ्यक्रम निर्माण गर्दै जान राज्यले विलम्ब गर्नु हुँदैन ।