दलदलबाट कसरी बचाउने विद्यार्थी ?


घटना : १ 

कक्षा ९ मा अध्ययनरत दुर्ई जना विद्यार्थी विद्यालयको विहानी कोचिङ कक्षा पश्चात विद्यालय परिसरमा रहेको शौचालय भित्र धुम्रपान गरिरहेको अवस्थामा भेटिए । अभिभावकलाई फोन सम्पर्क मार्फत जानकारी गराउँदा अभिभावक स्वयम् आश्चर्यमा परे । 

घटना : २

विद्यालयको पठनपाठन पश्चात ४ बजे पछि कक्षा ५ मा अध्ययन गर्ने १० वर्षीय विद्यार्थीले विद्यालयबाट केही परको पसलबाट विद्यालय पोशाकमै चुरोट खरीद गरिरहेको जानकारी विद्यालयका एक सचेत अभिभावकबाट जानकारी पाइयो ।

घटना : ३

कक्षा ८ मा अध्ययनरत १४ वर्षीय दुई विद्यार्थी विहान विद्यालयमा मद्यपान गरी आफुलाई सम्हाल्न नसक्ने अवस्थामा आइपुगे । पछि सोधपुछ गर्दा विहानै ६ बजे केही पर रहेको पसलबाट खरीद गरी नजिकै बसेर दुवैजनाले सँगै खाएको जानकारी पाइयो ।

घटना : ४

कक्षा १० मा अध्ययनरत विद्यार्थीको शरीर खानतलासी गर्दा करीब ५ जना विद्यार्थीको शरीरको भित्री अंग र जुत्ताको तलुवामा सुर्तीजन्य पदार्थहरु लुकाइ राखेको भटियो । सोधपुछ गर्दा नजिकैको पसलबाट खरीद गरेको जानकारी पाइयो ।

माथि उल्लेखित घटना हिजो आज विद्यालयहरुमा सामान्य जस्तै लाग्न थालिसकेका छन् । विद्यालयका शौचालयहरुमा सुर्तीजन्य पदार्थका खाली प्याकेटहरु, अनावश्यक शब्दहरुले रंगिएका विद्यालयका भित्ताहरु त सामान्य उदाहरणहरु नै भए । विहानी कक्षाहरुमा पनि विद्यालय आउनु पूर्व धुम्रपान गर्ने विद्यार्थीको संख्या त अझ आँकलन गर्न कठीन छ । विद्यालयका विद्यार्थी यसरी दलदलमा पर्दै गरेको अनुभव गर्दा कुन शिक्षक तथा अभिभावकहरुको मन नकुडिएला र ? हिजो आज यस्ता क्रियाकलापहरु दिनानुदिन निरन्तररुपमा बढ्दै गएको अनुभव पनि हामी सजिलै गर्न सक्छौँ । यसरी समयको गतिशील बहावसँगै हाम्रा विद्यालयहरुमा अध्ययनका लागि प्रवेश गर्ने कलिला विद्यार्थीह यस्ता गतिविधिहरुमा फस्दै जाँदा हामीले ती विद्यार्थीमा अपेक्षित असल र सरल व्यवहारहरुको कल्पना गर्न सक्छौँ होला त ? सगरमाथा झैँ विराट प्रश्नहरु जन्मिन्छन् हाम्रा सामु ।

अनुसन्धानले के भन्छ ? 

नेपाल लगायत अन्तर्राष्ट्रिय स्तरमा विद्यालय तहका विद्यार्थीमा सुर्तीजन्य पदार्थको प्रयोग सम्बन्धी गरिएका अनुसन्धान तथा सर्वेक्षणहरुले पनि के देखाएका छन् भने करीव ७ वर्षको उमेर देखिनै विद्यार्थीले सुर्तीजन्य पदार्थको प्रयोग गर्न थाल्दछन् । यसैगरि १३ र १४ वर्ष उमेरका विद्यार्थीमा यस्ता दुव्र्यसनी बढी देखिन्छ । सन् २०१४ मा दक्षिण एशियाली देशहरुमा १४ वर्ष समूहका विद्यालय तहका विद्यार्थीमा गरिएको सर्वेक्षणले करीब ६ प्रतिशतले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने देखाएको छ र यो क्रम ६ वर्षको अन्तरालमा निकै बढेको अनुमान गर्न सकिन्छ । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीमा यसको प्रयोग धेरै बढी नै देखिन्छ । सन् २०१८ मा सर्लाहीको हरिवन नगरपालिकाको  १५ देखि १७ वर्षका उमेर समूहका १० जोड २ सञ्चालित ४ वटा विद्यालयका विद्यार्थीमा गरिएको सर्वेक्षणले करीब २२ प्रतिशत विद्यार्थीले कुनै न कुनै प्रकारको सुर्तीजन्य पदार्थको प्रयोग गरेको पाइएको छ । त्यसै गरि यस्ता दुव्र्यसनमा परेका सामन्यतः ८८ प्रतिशत विद्यार्थीले सुर्तीजन्य वस्तुहरु जस्तै पराग, पुकार, गुट्खा, चुरोट नजिकैका पसलहरुबाट किन्ने गरेको, ३८ प्रतिशत विद्यार्थीले विद्यालय नजिकैका पसलहरुबाट र ३१ प्रतिशतले होटल, क्याफेहरुबाट किन्ने गरेको पाइएको छ ।

सबै भन्दा बढी विद्यार्थी आफ्नै साथीसंगीहरुको प्रभावमा परी अनुभव लिनका लागि शुरु गर्दै दुव्र्यसनमा पर्ने गरेका छन् । त्यस पछि घरमा आमा बाबुले सुर्तीजन्य पदार्थ, मद्यपान गर्ने गरेका कारण पनि बालबालिकाहरुले सुर्तीजन्य पदार्थहरु प्रयोग गर्ने पाइएको पनि अध्ययन अनुसन्धानहरुले देखाएका छन् ।

कसरी बचाउने त विद्यार्थीलाई यो दलदलबाट ?

अभिभावकले आफ्ना बालबालिकालाई उनीहरुको सुनौलो भविष्यको सुन्दर कल्पनाका साथ विद्यालय अथवा शिक्षकहरुको जिम्मा लगाउँछन् । उनीहरुलाई समान व्यहार प्रदान गर्दै सिकाइ क्रियाकलापहरुमा संलग्न गराउनु शिक्षकहरुको दायित्व हो । तर हाम्रो सामाजिक परिवेश, विद्यार्थीको विद्यालय र घरको वातावरण र अन्य साथीसंगीहरुको संगतका कारण हाम्रा विद्यार्थी यसरी नजानिंदो तरिकाले लागुपदार्थको दुव्यसनमा परिरहेका छन् । 

भनिन्छ रोग लागेपछि उपचारको बाटो खोज्नु भन्दा पहिले रोग लाग्न नदिन सजग रहनु पर्दछ । अब हामीसंग दुई वटा अभिभारा छन् ः हाम्रा बालबालिकाहरुलाई यस प्रकारको दुव्र्यसनमा पर्न नदिन सजगता अपनाउनुपर्ने र दुव्र्यसनमा परिरहेका विद्यार्थीलाई त्यो दलदलबाट निकाल्ने । 

यी कार्यमा सफलता हासिल गरी उनीहरुको उज्ज्वल भविष्यको सुनिश्चितताको लागि हामीले निम्न कार्यहरु गर्नु जरुरी देखिन्छ :

- कानुनको प्रभावकारी कार्यान्वयन 

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ ले व्यवस्था गरे अनुरुप कुनै पनि सार्वजनिक स्थलहरुमा धुम्रपान तथा मद्यपान गरे एकसय रुपैंया जरिवाना र सार्वजनिक स्थलहरु जस्तै विद्यालय, अस्पताल, हेल्थपोष्ट, बालबालिका स्याहार केन्द्र जस्ता स्थानहरुको सय मिटर वरिपरि सुर्तीजन्य पदार्थहरु बेचबिखन गर्न निषेध गरिएको छ । अटेर गरे त्यस्ता वस्तुहहरु जफत गर्नुका साथै १० हजार देखि एक लाख रुपैंया सम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । तर विद्यालयसंगै जोडिएका पसलहरुमा यस्ता वस्तुहरु खुलेआम विक्री भइरहेका छन् । विद्यालय समयमै विद्यालय पोशाकमै निशेषित वस्तुहरु बिक्री गर्ने कार्य भइरहेको छ । यसलाई सम्बन्धित निकायहरु प्रहरी प्रशासन, स्थानीय निकायहरुले प्रभावकारी ढंगले नियन्त्रय गर्नु जरुरी छ । 

यो व्यवस्था लाई हामीले जहिले सम्म कार्यान्वयन गर्न सक्दैनौं तब सम्म यो समस्या ज्युँ का त्यँु रहने कुरा अवस्यंभावी छ । 

- अभिभावक, शिक्षक र विद्यार्थीबीच सुदृढ सम्बन्ध ।

विद्यार्थीको आनीवानी र व्यवहार परिवर्तनको हामीले धेरै ख्याल राख्नु पर्दछ । घरमा आमाबाबुले आफ्ना बालबालिकाको सरसंगत कस्तो छ । विद्यालयबाट घर र घरबाट विद्यालय समयमा आए नआएको सम्बन्धमा नजिकबाट निगरानी राख्नुपर्दछ । उनीहरुलाई समय समयमा दुव्र्यसनी र यसका प्रभावको बारेमा जानकारी पनि दिनु आवश्यक छ । 

शिक्षक अभिभावक बीच विद्यार्थी बारेमा निरन्तर सम्वाद र सञ्चारको अवस्थालाई सुदृढ गर्ने र विद्यार्थीसंग पनि उत्तिकै रुपमा सुदृढ सम्बन्ध राखेमा उनीहरु कुलतमा पर्ने सम्भावना हुँदैन । शिक्षक विद्यार्थी सम्बन्ध कमजोर भएका कारण पनि यस्ता गतिविधि बढ्ने गरेका उदारहणहरु पनि विभिन्न अनुसन्धानहरुबाट थाहा पाउन सकिन्छ ।

- विद्यार्थीको सहयोगमा पहिचान र सचेतना कार्यक्रम

विद्यालयमा विद्यार्थी शिक्षक र अभिभावकहरु संलग्न रहेको एउटा Counseling team तयार गर्न सकिन्छ जसले विद्यालयमा अध्ययन गर्ने विद्यार्थी र दुव्र्यसनमा पर्न लागेका सम्भावित विद्यार्थीलाई आवश्यक सहयोगमा पहिचान गरी Anti smoking सम्बन्धी सचेतना मूलक कार्यक्रमहरु निरन्तर रुपमा गर्न सकोस् । यस कार्यमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ ।  धेरै विद्यार्थीले अभिभावकको सिको गरेको कारण पनि धुम्रपानको लतमा लाग्ने हुनाले अभिभावक सचेतना पनि उत्तिकै जरुरी छ । अनुसन्धानहरुले पनि सामूहिक छलफल र व्यक्तिगत परामर्श पनि समस्या समाधानमा प्रभावकारी हुने कुरा देखाएका छन् ।

- दुव्र्यसन विरुद्ध हरेक शिक्षक र अभिभावकको प्रतिवद्धता

विद्यालय भित्र हुने विद्यार्थीका दुव्र्यसनका गतिविधिहरुको विरुद्ध विद्यालयमा अध्यापनरत हरेक शिक्षकहरु प्रतिवद्ध रहनु आवश्यक छ । यो काम विद्यालय प्रशासनको हो हामीले यसमा किन धेरै चासो राख्नुप¥यो र भनी पन्छ्याउने काम हुँदा यस विरुद्धको अभियानमा हामी चुक्न सक्छौं । त्यसकारण यस प्रकारका कार्यहरुको निरन्तर अनुगमनमा हरेक शिक्षक र अभिभावक लगायतको साथ रहे यस्ता क्रियाकलापहरु घटेर जान सक्छन् ।

यसरी विद्यार्थीलाई यस्ता गतिविधिहरुबाट बचाउन सबैको भूमिका उत्तिकै हुन्छ । विद्यालय तथा अभिभावकहरुको तर्फबाट विद्यार्थीको हरेक गतिविधिहरुको निगरानी राखी उनीहरुलाई निरन्तर परामर्श गर्ने र मौजुदा नियमहरुको प्रभावकारी कार्यान्यनको लागि स्थानीय तहले पहल गरे यो समस्यालाई कम गर्न सकिन्छ ।

पराजुली श्री प्रगति माध्यमिक विद्यालय, हेटौडा, मकवानपुरका शिक्षक हुन् ।