Edukhabar
शनिबार, ०३ साउन २०८२
खबर/फिचर

स्वयंसेवक शिक्षक हुन चाहनेका लागि आवेदन खुल्यो, १०५ बाहेकका स्थानीय तहमा खटाईने

शुक्रबार, १६ फागुन २०७६

काठमाडौं - स्वयंसेवक शिक्षक हुन चाहनेका लागि शिक्षा मन्त्रालयले आवेदन खुलाएको छ । सामुदायिक विद्यालयहरुले झेल्दै आएको विषय शिक्षक अभाव कम गर्ने गरी शिक्षण स्वयंसेवक परिचालन कार्यविधि पारित गरे सँगै शिक्षा तथा मानव श्रोत विकास केन्द्रले आवेदन खुलाएको हो । 

देशभर रहेका ७ सय ५३ स्थानीय सरकार मध्ये ६ सय ४८ मा स्वयंसेवक परिचालन गरिने छ । शिक्षक दरबन्दी नभएका वा अँग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अपुग भएका सामुदायिक विद्यालय एवं प्राविधिक धारको शिक्षा सञ्चालन गरेका विद्यालयहरुमा स्वयंसेवक खटाईने छ । यसो गर्दा १०५ बाहेकका स्थानीय तहमा खटाउनु पर्ने भएको केन्द्रले जनाएको छ । 

स्वयंसेवक शिक्षक हुन चाहनेका लागि लाईसेन्स नभए पनि हुने व्यवस्था गरिएको छ । स्वयंसेवक शिक्षक हुन चाहनेले फागुन २५ गते भित्र आवेदन दिन सक्ने छन् । 

युवाहरुलाई देश निर्माणमा प्रत्यक्ष योगदान गर्ने अवसर प्रदान गर्न भन्दै सरकारले आफ्नो तीति तथा कार्यक्रममा घोषणा गरेको चिनौं आफ्नो माटो बनाऔं आफ्न देश अभियान अन्र्तगत स्वयंसेवक परिचालन गर्न लागिएको हो । उक्त अभियान कार्यान्वयन गर्न निर्माण गरिएको कार्यविधिमा स्वयंसेवक हुन चाहनेका लागि निर्धारण गरिएको योग्यता पुगेकाहरुले आवेदन दिन सक्ने छन् । 

मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा कम्तमिा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको १८ बर्ष पुरा भई ४० ननाघेको नेपाली नागरिक स्वयंसेवक हुन योग्य हुन्छ । मगज नविग्रेको, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको, भविष्यमा सरकारी नोकरी वा शिक्षक सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त नगरिएको व्यक्ति स्वयंसेवक हुन योग्य हुने कार्यविधिमा योग्यता निर्धारण गरिएको छ । 

पढ्नुहोस् कार्यविधि : 

प्राप्त आवेदनहरुलाई सम्बन्धित शिक्षणको लागि आवश्यक पर्ने योग्यताको प्रमाण सहित केन्द्रले सुचिकृत गर्ने छ । प्रकाशित सूचनाका आधारमा आवेदनको छानवीन गरिने छ । स्वीकृत आवेदनको विषयगत रुपमा एकिकृत विवरण तयार गर्ने, शैक्षिक योग्यतामा प्राप्त गरेको प्राप्ताँङ्कका आधारमा योग्यताक्रम निर्धारण गरी स्थानीय तहगत सूची तयार पारिने कार्यविधिमा उल्लेख छ । यसरी सूची तयार पार्दा आवेदकको ठेगाना तथा रोजेको स्थानीय तहलाई आधार मानी सम्बन्धित स्थानीय तहका आवेदनलाई प्राथमिकता दिने कार्यविधिमा व्यवस्था छ । उक्त सूची २ बर्ष सम्म मान्य हुने छ । 

स्थानीय सरकारले गर्ने सिफारिस र जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय इकाइले तयार पार्ने सूचीका आधारमा विद्यालयले स्वयंसेवकको नियुक्ति गर्ने कार्यविधिमा व्यवस्था छ । अनलाईन मार्फत् भरिने आवेदनका लागि केन्द्रको वेभसाईटमा जानु पर्ने गरी व्यवस्था मिलाईएको छ ।  

स्वयंसेवक खटाईने स्थानीय तह यस प्रकार छन् :

प्रतिक्रिया