Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

एसईई दिन आएका विद्यार्थीलाई घर फर्कन यातायातको व्यवस्था

बुधबार, ०५ चैत्र २०७६

स्याङ्जा - अन्तिम समयमा परीक्षा स्थगित भए पछि आफ्ना गाउँका विद्यार्थीलाई घर फर्कन स्थानीय सरकारले यातायातको व्यवस्थापन गर्ने भएको छ । कोरोना भाइरसको कारण परीक्षा स्थगित भए पछिको प्रतिकुल अवस्थालाई ध्यानमा राखेर उक्त तयारी गरिएको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए । फेदीखोला बजार र खड्केटारी बजारमा परीक्षा दिन बसेका विद्यार्थीलाई घर पर्याउने तयारी गरिएको छ । वडा न. ५ बागे मैदान मावि वडा न. ४ गलेम सितला माविका विद्यार्थीलाई गाउँपालिकाले भोली बिहानै आफ्नो आफ्नो घर जाने व्यवस्था मिलाएको उनले बताए ।

'प्रीय सम्पुर्ण विद्यार्थी भाइ बहिनीहरु चिन्तित नहुनु आफ्नो विद्यालयको प्रधानध्यापकलाई फोन गरी समयमै घर पुग्नु' सुवेदीले फेसबुकमा लेखेका छन्, 'र अर्को मिति तय भए पछि हुने परीक्षाको राम्रो तयारी गर्नु शुभकामना !'

यो पनि पढ्नुहोस् : एसईई लगायत सबै परीक्षा अनिश्चित, केही घण्टामै फेरिएको बुँदा नम्बर १२ !

प्रतिक्रिया