Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

प्राथमिकतामा परीक्षा स्थगितकै खबर

विहीबार, ०६ चैत्र २०७६

काठमाडौं ६ चैत / परीक्षाको अघिल्लो दिन अबेर एसईई परीक्षा स्थगित गर्ने सरकारको निर्णय बारेको खबर काठमाडौंबाट प्रकाशित पत्रपत्रिकाले विशेष रुपमा प्रकाशित गरेका छन् । कोरोनाको बढ्दो जोखिमलाई ध्यानमा राखेर सरकारले परीक्षा स्थगित गरेको हो । संक्रमणको जोखिम हुन नदिन एसइई सहितका विभिन्न परीक्षा स्थगित गर्ने सरकारको निर्णय छ ।

जोखिम बढ्न नदिन पूर्वसावधानी तीव्र बनाउँदै सरकारले शुक्रबार देखि युरोपसहितका विभिन्न देशबाट नेपाल आउन रोक लगाउने निर्णय समेत गरेको छ।

सरकारले विदेशबाट आएकालाई घरमै क्वारेनटाइन बस्न निर्देशन दिएको छ।

मंगलबारसम्म परीक्षण गरिएका सबै नमुनामा कोरोना नेगेटिभ भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।

यस विषयमा एडुखबरमा हिजै प्रकाशित खबर पढ्नुहोस्

एसईई लगायत सबै परीक्षा अनिश्चित, केही घण्टामै फेरिएको बुँदा नम्बर १२ !

शिक्षा मन्त्रीलाई थाहै नदिई मिडिया मार्फत् एसईई स्थगितको घोषणा

एसईई परीक्षा स्थगित, कहिले गर्ने भन्ने बारे छलफल जारी

प्रतिक्रिया