Edukhabar
बुधबार, १२ बैशाख २०८१
खबर/फिचर

एसईई परीक्षा स्थगित, कहिले गर्ने भन्ने बारे छलफल जारी

बुधबार, ०५ चैत्र २०७६

काठमाडौं - सरकारले कक्षा १० को अन्तिममा लिईने एसईई परीक्षा अन्तिम समयमा आए स्थगित गरेको छ । उप प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको दिउँसो बसेको बैठकले सक्रमणको जोखिम न्यूनिकरण गर्नका लागि चैत मसान्त सम्म सम्पूर्ण  शिक्षण संस्था बन्द गर्ने निर्णय गरे पनि परीक्षा यथावत राख्ने निर्णय गरेको थियो ।

तर सक्रमणको जोखिमलाई मध्य नजर गर्दै अन्तिम समयमा सरकारले उक्त निर्णय गरेको शिक्षा मन्त्रालय श्रोतले जनाएको छ । अब परीक्षा कहिले गर्ने भन्ने विषयमा तय गर्न मन्त्री गिरिराजमणि पोखरेल सहितको बैठक बसिरहेको छ । सरकारको उक्त निर्णयलाई राष्टिय परीक्षा बोर्डले अनुमोदन गर्नु पर्ने छ ।

बिहीबार देखि शुरु हुने २०७६ सालको कक्षा १० को अन्तिम परीक्षामा ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी सहभागि हुँदै थिए । शिक्षा मन्त्रालयले परीक्षा सञ्चालनको सबै तयारी पुरा गरेको जनाएको थियो । मंगलबार मात्रै मन्त्री पोखरेलले परीक्षा यथावत रहने भन्दै सार्वजनिक अपिल पनि गरेका थिए ।

दिउँसो बसेको बैठकले गरेको निर्णय पढ्नुहोस् : शिक्षण संस्था बन्दको निर्णय, सबै खाले शैक्षिक गतिविधिमा रोक

प्रतिक्रिया