Edukhabar
विहीबार, १५ चैत्र २०८०
खबर/फिचर

विद्यालयले शुरु गरेका अनलाईन कक्षा बन्द गर्न निर्देशन

विहीबार, १८ बैशाख २०७७

पोखरा - लकडाउनका कारण नयाँ शैक्षिक सत्रमा बन्द रहेका विद्यालयको पठनपाठन अनलाईनबाट गर्ने क्रम शुरु भए पनि त्यस्ता कक्षा तत्काल बन्द गर्न पोखरा महानगरपालिकाले निर्देशन जारी गरेको छ । आफ्नो क्षेत्र भित्रका सम्पूर्ण विद्यालयलाई परिपत्र गर्दै महानगरले विना अनुमति त्यस्ता कक्षा नचलाउन पनि निर्देशन दिएको छ ।

कोरोना भाईरस कोभिड १९ को जोखिम न्यूनिकरण गर्न सरकारले लकडाउन गरेसँगै नयाँ शैक्षिक सत्रमा शहर केन्द्रित विद्यालयहले अनलाईनबाट पठन पाठन शुरु गरेका छन् । खासगरी निजी विद्यालयहरुले गरेको उक्त कार्य बैशाखको शुल्क लिने मेलो मात्रै भएको भन्दै आलोचना जारी रहँदा महानगरले उक्त निर्देशन गरेको हो ।

महानगरका शिक्षा विभाग प्रमुख गंगाबहादुर थापाले महानगरभित्रका सबै विद्यालयका नाममा जारी गरेको उक्त निर्देशनको व्यहोरामा भने संस्थागत विद्यालय लक्षित भाषा उल्लेख गरिएको छ । विद्यालयहरुले सञ्चालन गरेका अनलाईन कक्षाहरु तुरुन्त बन्द गर्न र अनुमति विना अनलाईन कक्षा सञ्चालन नगर्न महानगरले भनेको छ ।

केही संस्थागत विद्यालयले अनलाईन कक्षा सञ्चालन गरेको र त्यसरी कक्षा सञ्चालन गर्दा सम्पूर्ण विद्यार्थीमा आवश्यक पुर्वाधार तथा ईण्टरनेटको पहुँच नरहेको साथै सम्बन्धित निकायको अनुमति तथा आवश्यक पुर्वाधार विना नै अनलाईन कक्षा सञ्चालन गर्दा थप विकृति निम्तने शँका व्यक्त गरिएको छ ।  अनलाईन कक्षाको पहुँचमा नरहेका विद्यार्थी तथा अभिभावकलाई मानसिक दवाव समेत पर्ने गरेकाले त्यस्ता कक्षाहरु बन्द गराउनु पर्ने भनी महानगरमा उजुरी दर्ता भएकोले उक्त निर्देशन जारी गर्नु परेको जनाईएको छ ।

प्रतिक्रिया