Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

सीबीएसईले ३० प्रतिशित पाठ्यक्रम घटाउने

शुक्रबार, ०९ साउन २०७७

काठमाडौं - भारतको केन्द्रिय माध्यमिक शिक्षा बोर्ड (सीबीएसई) ले आगामी शैक्षिक सत्रदेखि कक्षा ९ देखि १२ सम्मका पाठ्यक्रम ३० प्रतिशित घटाउने भएको छ । नेपालमा उक्त बोर्ड अन्र्तगतका १४ विद्यालय समेत सञ्चालित छन् ।

यो व्यवस्था आगामी शैक्षिक सत्र सन् २०२० - ०२१ बाट लागु हुने बोर्डले जानकारी गराएको छ । कोरोना भाईरसको महामारीका कारण उत्पन्न विषम परिस्थितीलाई मध्य नजर गर्दै शिक्षाविद्हरुको सुझाव अनुसार यस्तो निर्णय गरिएको भारतको शिक्षा मन्त्रालयले जनाएको छ । कोरोना भाईरस महामारीका कारण भारतमा गत मार्च देखि विद्यालयहरु बन्द छन् । नेपालमा पनि चैत महिना देखि विद्यालयहरु बन्द छन् ।

सिबिएसई अन्र्तगतका नेपाल तथा भारतका विद्यालयले अनलाईन प्रणालीबाट अध्यापन गराईरहेका छन् । लकडाउन कै अवधीमा कक्षा १० को परिक्षा सञ्चालन गरेर बोर्डले गत हप्ता मात्र नतिजा सार्वजनिक गरेको छ ।

नेपालमा उक्त बोर्ड अन्र्तगतका केडिया, डीभएभी, चाँदवाग, दिल्ली पब्लिक स्कुल, मोर्डन इण्डिया स्कुल, केन्द्रिय विद्यालय लैनचौर लगायतका विद्यालय नेपालमा सञ्चालित छन् । शुरुवाती दिनमा नेपालको शिक्षा मन्त्रालयसँग स्वीकृती बिना नै सञ्चालित ती विद्यालयलाई अघिल्लो पटक मन्त्री हुँदा गिरिराजमणि पोखरेलले  नेपाल सरकारको अनुमति विना सञ्चालन भैरहे दर्ता खारेज गर्ने सम्मको चेतावानी दिए पछि नेपालमा समेत दर्ता भएर सञ्चालित छन् । अहिले पनि ती विद्यालयमा भारतको सिबिएसई बोर्डको पाठ्यक्रम पढाई हुँदै आएको छ ।  

प्रतिक्रिया