Edukhabar
आइतबार, २३ बैशाख २०८१
खबर/फिचर

विद्यार्थीद्वारा तोडफोड

मंगलबार, २७ साउन २०७७

काठमाडौं - आफूहरुको माग प्रति पटक पटक वेवास्ता गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विद्यार्थी सँगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा तोडफोड गरेको छ । विश्वविद्यालयका गतिविधिको विरोध गर्दै ताला लगाउँदै आएको संघले पछिल्लो पटक विश्वविद्यालयले विभिन्न तीन संकायमा गरेको डीन नियुक्ति पछि विरोधलाई तिव्रता दिदैं आएको छ । 

विश्वविद्यालयले साउनको पहिलो साता ईञ्जिनियरिङ्मा प्रा.डा. शशीधरराज जोशी, शिक्षामा प्रा.डा. चित्रबहादुर  बुढाथोकी * र मानविकीमा प्रा.डा. कुशुम शाक्यलाई डीन नियुक्तिगरेपछि संघले आन्दोलन थप चर्काएको हो । संघ आवद्ध विद्यार्थीको एक समूहले विहान सवा १० बजे कार्यालयमा तोडफोड गरेको हो ।  

विद्यार्थीको हुल आएर उपकुलपतिको कार्यकक्षको  झ्यालमा ढुङ्गा हानेका थिए । उनीहरुले जम्मा ४ मिनेटमा भवनका झ्याल र परिषरमा पार्किङ् गरी राखिएका विभिन्न गाडीमा समेत तोडफोड गरेका प्रत्यक्षदर्शीले बताए । विद्यार्थीले तोडफोड गर्दा परिसरमा रहेका २ जना प्रहरी हेरेको हेर्यै भए भने कर्मचारीहरु तल झरे पछि विद्यार्थीको समूह भागेको थियो ।  

विश्वविद्यालयमा प्रा.डा. धर्मकान्त बास्कोटा उपकुलपति भए लगत्तै संघले विश्वविद्यालयको मागैचित्र बनाउनु पर्ने, नियुक्रि पारदर्शी, जेष्ठता र वरिष्ठताका आधारमा गर्नु पर्ने लगायतका २० बुँदे ज्ञापनपत्र बुझाएको थियो । विश्वविद्यालयको इकाइले १७ बुँदे, उपत्यका इकाईले १३ बुँदे ज्ञापनपत्र बुझाए पनि सुनुवाई नभएको भन्दै संघका कार्यकर्ताले विरोध गदैृ आउका छन् । सोही विरोध स्वरुप भएको तालाबन्दी पछि संघका ईकाई सचिव योगेन्द्र रावल माथि विश्वविद्यालयले मुद्दा दर्ता गरेको थियो । गत १९ गते पाटन उच्च अदालतबाट आदेश पाएपछि विश्वविद्यालयले ताला तोडेको थियो । 

विश्वविद्यालयमा जारी स्वेच्छ्याचारिता अन्त्यका लागि पटक पटक ध्यानाकर्षण गराउँदा पनि वास्ता नगरेको विश्वविद्यालय आफूहरुसँग वार्ता र छलफल गर्नुको साटो अदालत जान थालेपछि समस्या बल्झेको रावल बताउँछन् । विश्वविद्यालयको रवैयाले विद्यार्थी थप आक्रोशित भईरहेकोले तोडफोड भएको  हुन सक्ने उनी अड्कल काट्छन् ।

'भिसि कार्यालयमा तोडफोड भयो रे भन्ने मैले पनि सुनें शैक्षिक सुधारका विषयमा संघले बुझाएको ज्ञापनपत्र प्रति चासो व्यक्त गर्ने, छलफलमा बोलाउने गर्नु छैन, पदाधिकारीहरु अदालत जान थालेका छन्' रावलले भने 'विश्वविद्यालयको समस्याका बारेमा हामीले राखेका माग प्रति छलफल नगरे सम्म समस्या झन् बल्झेर जाने देखिन्छ, यसको दोष विश्वविद्यायका पदाधिकारी नै हुन् ।  

* सच्याईएको - सं.

प्रतिक्रिया