Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

उत्कृष्ट विद्यार्थी सहित उत्कृष्ट नतिजा ल्याउने शिक्षक पनि पुरस्कृत

मंगलबार, ०८ मंसिर २०७२

भक्तपुर – विभिन्न कक्षामा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार एवं छात्रवृत्ति वितरण सहित श्रीपद्म उच्च माविको ९२ औं तथा पद्म कलेजको छैठौं बार्षिकोत्सव मनाईएको छ । आआफ्ना विषयमा उत्कृष्ठ  विद्यार्थीलाई विषय शिक्षकहरुले समेत पुरस्कार दिएका छन् । उत्कृष्ठ नतिजा ल्याउने शिक्षक पनि पुरस्कृत भए ।

कार्यक्रमका प्रमुख अतिथी त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा. तिर्थराज खनियाले विद्यार्थीहरुलाई पुरस्कार एवं छात्रबृत्ति तथा शिक्षकलाई प्रसंशापत्र प्रदान गरे । 

गत महिना अन्तराष्ट्रिय फुटबलका खेलाडी डेबिड बेक्याहमको आगमनले चर्चित भएको विद्यालयमा शैक्षिक सत्र २०७१ मा कक्षा १ देखी कक्षा ९ सम्म, कक्षा ११/१२ तथा बीबीएस अध्ययन गरी वार्षिक परिक्षामा प्रथम, द्वितिय, तृतीय भएका विद्यार्थीलाई पुरस्कार पदान गरियो ।

खेलाडीले चर्चित बनाएको विद्यालय, सुधारमा दबाव

स्व. निरञ्जन नारायण धौभडेलको स्मृतीमा अमेरीकामा बसोवास गरिरहेका उनका छोरा प्रा. डा. मनोरञ्जन नारायण धौभडेलले स्थापना गरेको बीसहजार रुपैंयाको छात्रवृत्ती र विद्यालयको तर्पmबाट स्वर्ण पदक तथा प्रमाणपत्र २०७१ को एसएलसी परीक्षामा ७ सय १३ अंक (८९.१३५) प्राप्त गरी उत्कृष्ट स्थान हासिल गर्न सफल श्रृष्टी दुमरुलाई प्रदान गरियो ।

यसैगरी भक्तपुर चोछेंका चन्द्रकेशरी प्रधानाङको नाममा बुहारी तथा विद्यालयकी शिक्षिका पद्म केशरी प्रधानाङको तर्पmबाट प्रदान गरिने पुरस्कार एसएलसी प्राविधिक शिक्षाको सिभिल इन्जिनियरिङ तर्पm उत्कृष्ट क्षितिज श्रेष्ठलाई प्रदान गरियो । पुरस्कारको राशी पन्ध्र हजार रुपैंया थियो ।  

भक्तपुरका शिक्षासेवी स्व. माधवशंकर जोशी र वहांकी धर्मपत्नी स्व. रत्नकेशरी जोशीको नाममा बाट छारी अखण्डेश्वरी जोशीबाट प्रदान गरिने एसएलसी उत्कृष्ट छात्र र छात्रालाई जनही दिने दश हजार राशीको पुरस्कार छात्रतर्पm उत्कृष्ट मोहन यादव र  छात्रातर्पm उत्कृष्ट ज्योती दुमरुलाई प्रदान गरियो । विद्यालयको तर्पmबाट विशिष्ट श्रेणी हासिल गरेका श्रृष्टी दुमरु, मोहन यादव, विकेस कासुला, ज्योती दुमरु, अभिषेक बस्नेत र श्रृष्टी गौतमलाई तथा प्राविधिकतर्पm क्षितिज श्रेष्ठ, सोनिक कुलुजु, कृपा तिम्सिना, प्रज्ञान गौतम, निरज कार्की, रितु श्रेष्ठ, सन्जय माकजु र रोजिना सुवाललाई पदक र प्रमाणपत्र प्रदान गरियो ।

यस विद्यालयको कक्षा ११/१२ को बोर्ड परीक्षामा मानविकी संकायका दिपेश बिसुङखे, शिक्षा संकाय तर्पmका मथुरा बस्ताकोटी, व्यवस्थापन संकाय तर्पmबाट हर्ष बहादुर शाही र विज्ञान संकाय तर्पmबाट स्नेहा हाडालाई विद्यालयको तर्पmबाट पदक तथा प्रमाण्पत्रबाट पुरस्कृत गरियो ।

अम्बिका र वीणा वैद्य स्मृती प्रतिस्ठान छात्रवृत्ती कोषबाट स्नेहा हाडालाई नगद दश हजार छात्रवृत्ती प्रदान गरियो । उनलाई स्व. पञ्चलाल/कृष्णशोभा धौभडेल अक्षय कोष मार्पmत छ हजार रुपैंया समेत  प्रदान गरियो ।
लसता स्मृती प्रतिस्ठानका तर्फबाट पाँच हजार राशीको गरीब तथा जेहेन्दार छात्रवृत्ती बाट कक्षा ८ का विद्यार्थी आयुश कुमार साहलाई प्रदान गरियो ।

विद्यालयका भू. पू. प्र. अ विष्णुचरण रायको स्मृतीमा स्थापित कोषबाट पाँचहजार राशीको पुरस्कार  कक्षा ८ का छात्र कुशल रायलाई प्रदान गरियो । भक्तपुर उद्यमी बचत तथा ऋण सहकारी संस्थाकाट प्रदान गरिंदै आएको पांच हजार राशीको गरीब तथा जेहेन्दार छात्रवृत्ती यो वर्ष कक्षा १० मा अध्ययनरत छात्र राजु तामाङलाई प्रदान गरियो ।

शैक्षिक सत्र २०७० मा कक्षा ८ मा अध्ययन गरी जिल्लास्तरीय परीक्षामा सामेल भई विज्ञान विषयमा उत्कृष्ट अंक हासिल गरेका विद्यार्थी सुजन घिमिरेलाई विज्ञान शिक्षक ओमप्रकाश श्रेष्ठबाट स्थापित विज्ञान छात्रवृत्ती कोषबाट नगद एक हजार र प्रमाणपत्रबाट प्रदान गरियो ।

२०७० को प्रवेशिका परिक्षामा गणित विषयमा यस विद्यालयबाट सामेल भई उत्कृष्ट अंक हासिल गरेका विद्यार्थी श्रृष्टी दुमरुलाई विद्यालयका पूर्व प्र. अ. नृपतीलाल प्रधानाङद्धारा स्थापित गणित छात्रवृत्ती कोषबाट एक हजार र प्रमाणपत्रबाट पुरस्कृत गरियो ।

शै. श. २०७० मा कक्षा ८ मा अध्ययन गरी जिल्लास्तरीय परीक्षामा सामेल भई उत्कृष्ट अंक हासिल गरेका विद्यार्थी सुजन घिमिरेलाई विद्यालयको तर्पmबाट नगद दुई हजार पाँच सय र प्रमाणपत्र तथा दिपिका भट्टराईलाई प्रमाणपत्रबाट पुरस्कृत गरियो ।

बीबीएसमा उत्कृष्ट हुन सफल जानकी कासुलालाई कलेज व्यवस्थापन समितिका अध्यक्ष बाबुराजा जोशीको तर्पmबाट पांच हजार र प्रमाणपत्रबाट पुरस्कृत गरियो । यसैगरी निरु शिल्पकारलाई कृष्णप्रसाद अवालको तर्पmबाट पांच हजार र प्रमाणपत्रबाट पुरस्कृत गरियो ।

२०७१ सालको एसएलसी परिक्षामा विषयगत रुपमा शत प्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल विषय शिक्षकहरुलाई समेत कार्यक्रममा सम्मान गरियो ।

श्री राष्ट्रिय सेवा दलबाट छनौट गरी संचालित जुनियर क्याडेटहरु मध्येबाट यस विद्यालयको कक्षा ९ मा अध्ययनरत अजय तामाङ र कक्षा १० मा अध्ययनरत रुविषा न्यौपानेलाई युथ एक्सचेन्ज प्रोग्राम अन्तर्गत श्रीलंकामा छनौट भई सहभागी भएकोमा प्रशंशा पत्र प्रदान गरियो ।

प्रकाशित मिति २०७२ मंसिर ८ गते

प्रतिक्रिया