शिक्षा मन्त्रीद्वारा नेपालको भूभाग र सीमा सम्बन्धी स्वाध्याय पुस्तिका सार्वजनिक


काठमाडौं - सरकारले नेपालको भूभाग र सिमाना सम्बन्धी जानकारी दिने उद्देश्यले स्वाध्याय सामग्रीको विकास गरेको छ । भारतले एकातर्फि रुपमा जारी गरेको नक्सामा नेपालको भुभाग लिपुलेक–कालापानी–लिम्पियाधुरा समेत समेटे पछि नेपालले ति भुभाग सहितको नक्सा निर्माण गरेर संविधानमा समेत समेटि सकेको छ । 
 
नेपाली भूभागलाई भारतीय क्षेत्रमा देखाईए पछि विद्यार्थी तथा आम जनसमुदायमा नेपालको सीमा सम्बन्धी वास्तविक अवस्थाको जानकारी गराउन पुस्तक तयार पारेको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताए । शिक्षा मन्त्राालय अन्र्तगतको पाठ्यक्रम विकास केन्द्रले माध्यमिक तहका विद्यार्थीलाई नेपालको भूभाग र सिमाना सम्बन्धी जानकारी दिने उद्देश्यले उक्त पुस्तिका तयार पारेको हो । उक्त पुस्तिकाको सार्वजनिक गर्दै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले अब देखि यसकै आधारमा विद्यार्थीको पठनपाठन हुने उल्लेख गरे । 
 
गत असार १९ गतेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्बाट विद्यालय तहमा सन्दर्भ सामग्रीको रूपमा प्रयोग गर्ने गरी स्वीकृत गरिएको थियो ।  आप्mनो राष्ट्र, राष्ट्रियता र भौगोलिक अखण्डताको संरक्षणका लागि विद्यार्थीका साथै आम जनतामा सचेतता र संवेदनशीलताको विकास गर्नु, भूपरिवेष्टित अवस्थिति र संवेदनशील भूराजनीतिक अवस्थामा रहेको नेपालको सिमाना जोडिएका छिमेकी मुलुकहरूसँग बेलाबेलामा देखा पर्ने गरेका र भविष्यमा समेत सिर्जना हुन सक्ने सीमा सम्बन्धी विवादहरूको जानकारी राख्ने, विवादका कारणहरू पहिल्याउने, विवाद समाधानका तरिकाहरूको पहिचान गर्ने, यस सम्बन्धी संवेदनशीलता र उचित दृष्टिकोणको विकास गर्ने अभिप्रायले पुस्तिकाको विकास गरिएको मन्त्री पोखरेलले बताए । 
 
'विशेष गरी नेपालको पश्चिमोत्तर सीमा क्षेत्रका लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका नेपाली भूमिमा भारतले गरेको अतिक्रमण र यससँग सम्बन्धित ऐतिहासिक तथा अन्तर्राष्ट्रिय मान्यता अनुरूपका तथ्य तथ्याङ्क र प्रमाणहरूका आधारमा सो भूमिमा भारतबाट गरिँदै आएको अतिक्रमण रोकिनु पर्ने र भारतीय पक्षबाट लामो समयसम्म त्यहाँ रहेका भारतीय सेना फिर्ता हुनु पर्ने विषयलाई विशेष जोड दिइएको छ' मन्त्री पोखरेलले भने 'पुस्तिकालाई सामाजिक अध्ययन, इतिहास, भूगोल लगायतका विषयको अध्ययन, अध्यापन र सहजीकरणका शिलशिलामा सन्दर्भ सामग्रीको रूपमा प्रयोग गरिने जनाईएको छ । यस पुस्तिकाको प्रयोगबाट विशेष गरी माध्यमिक तहका विद्यार्थीलार्ई नेपालको निर्माण र एकीकरण, सिमाना जोडिएका छिमेकी मुलुकहरूसँगको सम्बन्ध, नेपालको सिमाना र सिमाना सम्बन्धी विवाद रहेका स्थानहरू र विवाद समाधानका उपायहरूका सम्बन्धमा जानकारी दिनुका साथै सिमानाको संरक्षण र व्यवस्थापन गर्ने एवम् राष्ट्रको भौगोलिक अखण्डतालाई अक्षुण राख्ने सम्बन्धमा आवश्यक ज्ञान, सिप र धारणाको विकास गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।'
 
पुस्तिकामा समेटिएका मुख्य विषय वस्तु यस प्रकार छन् 
 
(क) नेपालको प्राचीन, मध्यकालीन लगायत ई.सं. १८१६ माभएको सुगौली सन्धि सम्मको नेपालको सिमाना र क्षेत्रफलको विस्तार र सङ्कुचनको ऐतिहासिक सन्दर्भ
 
(ख) अन्तर्राष्ट्रिय सीमाको अवधारणा, सिद्धान्त, नदी सीमामा उद्गम स्थलको पहिचान, सीमाविवाद, सीमा विवाद हुने कारण र समाधानका उपायहरूको छोटो जानकारी 
 
(ग) नेपालको सीमा निर्धारण, छिमेकी मुलुकहरू चीन र भारतसँगको सीमा सम्बन्ध, सीमा विवाद र समाधानका प्रयासहरू
 
(घ) नेपाल र भारत बिचको सीमा विवाद रहेका विशेष गरी पश्चिमोत्तर सीमा क्षेत्रका भारतद्वारा अतिक्रमित नेपालका लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रको सीमा विवादका कारण, समाधान र यससँग सम्बन्धित ऐतिहासिक, प्रशासनिक र भूराजनीतिक प्रमाणहरू
 
(ङ) नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्ता क्षेत्रको अतिक्रमण सम्बन्धी छोटो जानकारी 
 
(च) नेपालको अद्यावधिक नक्शा निर्माण अभ्यास र नक्शाको परिचय र प्रयोग सम्बन्धी विषयवस्तु 
 
(छ) यस सामग्रीको प्रयोग र कक्षभित्र र बाहिर गरिने क्रियाकलापहरू सम्बन्धी शिक्षकका लागि केही निर्देशन
 
(ज) सुगौली सन्धि लगायत नेपालको सीमा सम्बन्धी विभिन्न सन्धि सम्झौताहरूको सूची
 
पुस्तिकामा उल्लेख नेपालको पश्चिमोत्तर सीमा क्षेत्रका लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका क्षेत्रहरू नेपालको हो भनी प्रमाणित गर्ने केही तथ्यहरूः
 
(क) सुगौली सन्धि (वि.स. १८७३) को धारा ५ ले काली नदी पश्चिमको भागमा नेपालले दावी गर्ने छैन भनी काली नदीसम्म नेपालको सिमाना कायम गरेको देखिन्छ । यसबाट कालीनदी सहित सो भन्दा पूर्वको भाग नेपाल रहेको स्पष्ट छ । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रको करिव ५४१.६ (५४२ व.कि.मि)क्षेत्रफलको नेपालीभूभागभारतद्वारा अतिव्रmमणमा परेको छ । 
 
(ख) तत्कालीन समयमा प्रकाशित नक्साहरू (पुस्तिकाको परिशिष्ट ५)
 
(ग) जुलाई २२, १९४९ (वि.सं.२००६ साल साउन७गते) मा तत्कालीन नेपाल सरकारले संयुक्त राष्ट्र सङ्घको सदस्यताका लागि गरेको अनुरोध पत्रमा उल्लिखित नेपालको नक्सा
 
(घ) विभिन्न समयमा सीमा निर्धारण, जनगणना तथा तिरो तिरेका प्रमाण र आधारहरू, तत्कालीन शासक, प्रशासकहरूका निर्देशन, चिठीपत्र लगायतका दस्तावेजहरू (परिशिष्ट ४ र ६ ) 
 
(ङ) लिम्पियाधुराबाट निस्कने कुटीयाङ्दी भनिने पश्चिमोत्तर शाखा नै बास्तविक काली नदी हो र सो भन्दा पूर्वको भूगोल नेपालको हो भनी प्रमाणित गर्ने विभिन्न सीमाविद् र अनुसन्धानकर्ताका निष्कर्षहरू‐
 
(अ) नदी प्रणाली सम्बन्धी नियमानुसार सबै भन्दा लामो र जलाधार क्षेत्र सबैभन्दा धेरै भएको नदी नै मुख्य नदी हुन्छ । 
 
(आ) भौगोलिक सूचना प्रणाली (Geographic Information System) र दुर‐सम्प्रेक्षण प्रणाली (Remote Sensing) प्रयोग गरी नदी विज्ञानको विश्लेषण गर्दा‐
 
- काली, लिपु र टिङ्कर नदीको लम्बाइ क्रमशः ६६.७८, २४.२१ र २९.९२ कि. मि. रहेको 
 
- काली, लिपु र टिङ्कर नदीको जलाधार क्षेत्रको क्षेत्रफल क्रमश ७७९.५६, २५३.६४ र ४५७.५५ वर्ग कि.मि. रहेको । यहाँ काली नदीको लम्बाइ र क्षेत्रफल नजिकका अन्य नदीहरूको भन्दा धेरै रहेकाले यस तथ्यले काली नदीको मूल पश्चिमोत्तर शाखा नै हो भनी प्रमाणित हुने 
 
- नदीको क्रमानुसार र शाखाहरूको सङ्ख्या विश्लेषण गर्दा काली, लिपु र टिङ्कर नदीको क्रमश ५, ३, ४ र ११६, २७, ४७ रहेको । 
 
(इ) सन् १९९८ को स्थलगत अध्ययन अनुसार काली र लिपु नदीको बहाव क्रमशः २२ र ७ घन मिटर प्रति सेकेन्ड (m3 /s) छ । यस तथ्य अनुसार पनि पश्चिमोत्तर शाखाबाट बग्ने नदीको वहाब धेरै भएकाले सोही शाखा काली नदीको मुहान भएको प्रमाणित तथ्य रहेको ।
 
पुस्तकको लेखन सीमा बचाऔँ अभियानका अभियन्ता कोमलचन्द्र बराल, त्रिभुवन विश्वविद्यालयका भूगोलविद् एवम् कार्टोग्राफर शेरबहादुर गुरुङ र भूगोलविद् एवम् पाठ्यपुस्तक लेखक सह प्राध्यापक केशवराज ढकाल सहितको कार्यदलबाट भएको हो । पुस्तक विकासको शिलशिलामा पुस्तकको मस्यौदामा विभिन्न राजनीतिक ओहोदामा रहेका व्यक्तिहरुबाट सुझावहरु प्राप्त भएका जनाइृउको छ । उक्त पुस्तिकाको पाण्डुलिपिको अध्ययन गरी सीमाविद् बुद्धिनारायण श्रेष्ठ, नदी विज्ञ जगत भूषाल, विश्लेषक श्याम श्रेष्ठ लगायतले सुझाव दिएका थिए ।