Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

कक्षा कोठाको अभाव झेलिरहेको विद्यालयमा नयाँ भवन

सोमबार, १७ कार्तिक २०७७

 भक्तपुर - आदर्श आजाद माध्यमिक विद्यालयमा नयाँ भवन बन्ने भएको छ । विद्यार्थी संख्याको अनुपातमा भवन र कक्षा कोठाको अभाव झेलिरहेको विद्यालयमा बन्ने नयाँ भवनको व्यवस्थापन समितिका अध्यक्ष विश्वराम कवांले आइतबार शिलान्यास गरेका छन् ।  

दुई करोड ९७ लाख ६६ हजार दुई सय ५५ रुपैयाँंको लागतमा विद्यालय भवन निर्माण सुरु गरिएको प्रधानाध्यापक श्रीकृष्ण किसीले जानकारी दिए । भवन निर्माणको सबै काम आगामी शैक्षिक सत्र २०७८को पुसभित्र सम्पन्न गरिसक्ने योजनाका सम्झौता भएर काम अघि बढाएको उनले बताए । जिल्ला आयोजना कार्यान्वयन एकाई (शिक्षा) भक्तपुरले भवनको सम्पूर्ण खर्च व्यहोरिदिने गरी काम सुरु भएको हो । भवनको भौतिक निर्माणका साथै रंगरोगन, बेञ्च टेवल सहित एकाईले नै राखिदिने सम्झौता भएको सहायक प्रध्यानाध्यापक चक्रबहादुर चाकतुले बताए ।

भूकम्पबाट क्षतिग्रस्त तथा विद्यार्थीको अनुपातमा भवन अभाव भएको यो विद्यालयमा नौ सय विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ । ती विद्यार्थीका लागि तीन वटा भवनका २६ वटा कक्षा कोठाहरुमा पठनपाठन भइरहेको थियो । 

नर्सरी देखि कक्षा १२ सम्म तथा विहानको समयमा आदर्श आजाद कलेज पनि सञ्चालन हुँंदै आएको छ ।  विद्यालयकै करिव साढे ६ आना जग्गाको क्षेत्रफलमा भवन निर्माण सुरु गरिएको विद्यालयले जनाएको छ । भवन तीन तल्लाको हुनेछ । प्रत्येक तल्लामा तीन तीन वटा कोठा गरी नौ वटा कोठाहरु हुनेछन् । ती मध्ये एउटा कोठा अपांगमैत्री रहने छ ।

 

प्रतिक्रिया