Edukhabar
शनिबार, ०८ बैशाख २०८१
गतिविधि

पठन संस्कृति विकासमा कार्यरत संस्था २१ बर्षमा

सोमबार, २० पुस २०७७

काठमाडौं - बाल शिक्षा तथा पठन संस्कृति विकासमा कार्यरत संस्था रुम टु रिड २१ औँ वर्षमा प्रवेश गरेको छ । भर्चुअल कार्यक्रम गरि संस्थाले आप्mनो २० औँ वार्षिक उत्सव मनाएको छ । ‘शिक्षित बालबालिकाबाट नै विश्वमा परिवर्तनको थालनी हुन्छ’ भन्ने मान्यताका साथ माइक्रोसप्mट कम्पनीका तत्कालीन कर्मचारी अमेरिकी नागरिक जोन ऊडले यो संस्थाको स्थापना गरेका थिए । सन् २००० मा नेपालमा स्थापना भएको यो संस्थाले हाल विश्वका १७ देशमा काम गरिरहेको छ । 

संस्थाले नेपालमा ४ हजार ५ सयभन्दा बढी विद्यालयमा पुस्तकालय स्थापना गर्नुका साथै एक हजार ३ सय विद्यालय भवन निर्माण गरेको रुम टु रिड नेपालका राष्ट्रिय निर्देशक पुष्करलाल श्रेष्ठले जानकारी दिए । ३ सय ७१ भन्दा बढी बालसाहित्यका पुस्तक प्रकाशन, एक करोड पुस्तक वितरणका साथै १५ जिल्लाका करिब ६ सय विद्यालयमा संस्थाले काम गरिरहेको उनले जानकारी दिए । 

न्यून आय भएका समुदायका बालबालिकामा साक्षरता सीप र पढ्ने बानीको विकास तथा बालिकाहरूका लागि जीवन उपयोगी सीप विकासमा रुम टु रिडले काम गरिरहेको छ । आफ्नो कार्य क्षेत्रका विभिन्न देशका १ करोड ८० लाख बालबालिका र ३७ हजार समुदाय लाभान्वित भएको संस्थाको दावी छ । सन् २०२५ सम्ममा ४ करोड बालबालिकासम्म पुग्ने संस्थाको लक्ष्य छ । 

प्रतिक्रिया