Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

विद्यार्थीले जलाए उपकुलपतिको पुत्ला

सोमबार, २७ पुस २०७७

सुर्खेत - ज्ञापन पत्र बुझाउन जाँदा आफूहरु माथि आक्रमण र प्रहरी दमन भएको भन्दै विद्यार्थीले सोमबार बिहान मध्यपश्चिमाञ्चल विश्वविद्यालय परिसरमा उपकुलपति नन्दबहादुर सिंहको पुत्ला जलाएका हुन् । आफूहरु माथि भएको दमन उपकुलपतिकै निर्देशनमा भएको आन्दोलनरत विद्यार्थीको आरोप छ । 

कोभिड १९ अवधिको शुल्क मिनाह सहित सम्बन्धन विनै अध्यापन भइरहेको हाइड्रो इञ्जिनियरिङ विषयका बारेमा उपकुलपति नन्दबहादुर सिंहलाई ज्ञापन पत्र बुझाउन गएका विद्यार्थीलाई उपकुलपतिले समय दिन नमानेपछि धर्नामा बसेका विद्यार्थी माथी प्रहरीले लाठीचार्ज, अश्रुग्याँस र हवाईफायर गरेको थियो । उक्त घटनामा केही विद्यार्थी घाइते भएका छन् ।

विश्वविद्यालयको शैक्षिक लगायतका विषयमा केही महिनाअघि ज्ञापनपत्र बुझाउन जाँदा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघका पूर्वकेन्द्रीय सदस्य अनिल शाही माथि उपकुलपतिकै कार्यकक्षमा कुटपिट भएको थियो ।

प्रतिक्रिया