Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

सोमबार, १९ माघ २०७७

भक्तपुर - कुनै ठुलै त्रुटि फेला परेन भने कक्षा १२ को नतिजा सोमबार (आज) सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ । परीक्षाफल प्रकाशन गर्नु अघि आवश्यक प्राविधिक कार्य आईतबार सकेर आज विहान १० बजेका लागि बोर्ड बैठकको खबर प्राप्त भएको एक जना बोर्ड सदस्यले जानकारी दिए । 

'हिजो हामी उपलब्ध केही सदस्यहरु बस्नु अघि बोर्डले छुटपुटको रुजु गरेर नतिजाको फाईललाई अन्तिम रुप दिएको थियो' ती सदस्यले भने 'हामीलाई नतिजा प्रकाशनको प्राविधिक कार्य सम्पन्न भएको जानकारी गराईयो, आजको बैठक पछि औपचारिकता दिईने छ ।' 

गत बैशाख ८ गते देखि सञ्चालन हुनु पर्ने कक्षा १२ को परीक्षा कोरोना भाईरस कोभिड १९ का कारण पूर्णांक घटाएर गत मंसिर ९ गते देखि सञ्चालन गरिएको थियो । कक्षा १२ लाई को परीक्षा ४० प्रतिशत पूर्णांकको मात्र थियो । बाँकी ६० प्रतिशत मध्ये ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनका आधारमा गरिएको थियो । परीक्षामा सहभागी हुन चार लाख ३३ हजार परीक्षार्थीले आवेदन दिएका थिए । परीक्षा चार हजार एक सय पाँच परीक्षा केन्द्रमा सञ्चालन भएको थियो ।

बोर्डले उक्त परीक्षाको नतिजा गत पुसको मध्य सम्ममै सार्वजनिक गर्ने बताउँदै आएको थियो । सोही आधारमा कतिपय कलेजहरुले नयाँ भर्नाको आवेदन खोलिसकेका छन् । 

प्रतिक्रिया