Edukhabar
विहीबार, १० जेठ २०८१
अभिभावक / विद्यार्थी

अभिभावक शिक्षा : बालबालिकाको नर्सरी

आइतबार, ०९ फागुन २०७७

घर मानिसको पहिलो पाठशाला हो । बालबालिकाको सबैभन्दा ठूलो मित्र तथा गुरु आमा हुन् भन्ने गरिन्छ । नेपोलियन बोनापार्टले मलाइ शिक्षित आमा देउ मैले तिमीलाई  असल नागरिक दिन्छु भनेका छन् । वुद्घले मन नै सबथोक हो, हामी जे सोच्छांै त्यही हुन्छौं भने झैं मानिसको मनलाई परिस्कृत बनाउने प्रथम शैक्षिक प्रयोगशाला घर हो । अभिभावकरुपी आमा र घरका अन्य सदस्यहरुले वालवालिकाहरुको असल चरित्र निर्माण गर्नमा महत्वपूर्ण भूमिका खेल्नु पर्दछ । अभिभावकहरुले आफ्ना छोराछोरीहरुलाई असल व्यवहार सिकाउनु पर्दछ ।

समयको परिवर्तनसंगै शिक्षा ऋषीकुल, देवकुल, पितृकुल, राजकुल र गुरुकुल हुँदै विद्यालय शिक्षामा परिणत भयो । विद्यालयलाई मानिसको दोस्रो पाठशाला भनिन्छ । विद्यालयहरुमा औपचारिक पाठ्यक्रम र पाठ्यपुस्तकहरुको माध्यमबाट शिक्षा प्रदान गरिन्छ । पाठ्यक्रमविद हिल्टा टावाले विद्यालय भित्र र बाहिर विद्यार्थीमा ऐच्छिक उपलब्धिहरु प्राप्त गराउन विद्यालय द्वारा गरिने सम्पूर्ण प्रयासलाई पाठ्यक्रम भनेका छन् । ऐच्छिक उपलब्धीहरु प्राप्त गर्नको लागि बालबालिकाहरुमा अनुशासन, सकारात्मक चिन्तन, मार्ग निर्देशन र प्रेरणाको खाँचो हुन्छ ।  जीवनको पहिलो पाठशाला घरमा असल वानी, व्यवहार, अनुशासनको जग सिर्जना गरेका बालबालिकाहरुले औपचारिक रुपमा विद्यालयहरुमा आवश्यकता सापेक्ष कुराहरु सिक्दै जान्छन् । बुभ्mदै जान्छन् । अभ्यास गर्दै जान्छन् । 

परिवार साझा विचारहरुको  अभ्यास गर्ने मञ्च हो । परिवारका सदस्यहरुको व्यवहार, भाषिक, धार्मिक, साँस्कृतिक, सांस्कारिक खानपान, भेष–भूषा, चाल चलन तथा व्यवहारले बालबालिकाहरुको बानी, व्यबहार, अनुशासन, चिन्तनशैलीका साथै चरित्र निर्माणमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । दार्शनिक जिम्रोप्mको भनाईमा मानिसलाई औपचारिक शिक्षाले बाँच्न सिकाउँछ भने स्वआर्जित शिक्षाले भविष्य निर्माण गर्न सहयोग गर्दछ भन्ने छ । यसरी हेर्दा मानिसले घर परिवारमा प्राप्त गरेको स्वआर्जित शिक्षाले उसको जीवनमा ठूलो महत्व राख्दछ । त्यसैले अभिभावकहरु आप्mना छोरा छोरीहरुको भविष्यको जग भएकोले कस्तो जग बनाई कस्तो सन्तान बनाउने भन्ने कुरा उनीहरुको भूमिकामा निर्भर हुन्छ । 

सिकाइ वातावरणको उपज हो । मानिसले जस्तो वातावरण पायो त्यस्तै ज्ञान, स्वभाव एवं गुणहरुको विकास गर्दै जान्छ । त्यसैले अभिभावकले छोराछोरीहरुलाई सानैदेखि आफूभन्दा ठूलालाई आदर गर्न, सानोलाई माया गर्न, सहयोगी भावनाको विकास गर्न, आफ्नो  काम आफै गर्न, स्वाबलम्बी बन्न र छिमेकी, आफन्तजनसंग सामाजीकीकरण हुन सिकाउनु पर्दछ । आफूभन्दा ठूलालाई आदर र सानालाइ माया गर्न वाल्यकालदेखि सिकेका बालबालिकाहरु विद्यालयमा र समाजमा घुलमिल हुन सक्दछन् । अहिले शिक्षालयहरुमा नैतिक शिक्षाको अभाव खड्किएको समाजिक बुझाई छ । नैतिक शिक्षा सरल, सभ्य, शालीन  भद्र र सहयोगी व्यक्तित्व निर्माणको स्रोत हो । यस सन्दर्भमा आजका बालबालिकाहरुलाई घर, परिवारमा नैतिक शिक्षाको ज्ञान सिकाउन र सिकेका कुराहरु व्यवहारमा उतार्न अभिभावकको भूमिका महत्वपूर्ण देखिन्छ  ।  

त्यसो त प्रसिद्घ दार्शनिक एरिष्टोटलको भनाइमा शिक्षा व्यक्ति, समाज र राष्ट्रको आर्थिक समृद्घीको आधार हो । समाजका हरेक व्यक्ति साँस्कृतिक, सामाजिक एवं आर्थिक रुपले सवल भएमा समाज तत्अनुरुपको बन्दछ । यस दृटिकोणबाट हेर्दा पनि देश निर्माणमा प्रतक्ष वा परोक्ष रुपमा अभिभावकहरुले भूमिका खेलेको अर्थ लाग्दछ ।  शिक्षाविद् म्याकेञ्जी अवधारणा अन्तरगत शिक्षा मानिसको शक्तिहरुको चेतना पूर्वक विकास र सुधार गर्ने साधनका रुपमा हेर्दा पनि बालबालिकाहरुको चेतनाको स्तर वृद्घि गर्न जीवनकोे नर्सरीरुपी बाल्य अवस्थामा कस्तो विरुवारुपी ज्ञान हस्तान्तरण गरी कस्तो फल प्राप्त गर्ने वा गराउने भन्ने कुराको शुरुआत अभिभावकको भूमिकामा निर्भर हुन्छ । 

बालबालिकाहरुको पढ्ने, बुझ्ने र उर्जाशील बन्ने उमेर बाल्यकाल हो । विद्यार्थी जीवन हो । विद्यार्थी जीवनलाई मानिसको महत्वपूर्ण समय मानिन्छ । विद्यार्थी जीवनको अध्ययनले मानिसको भविष्यको दिशा निर्देश गरेको हुन्छ । हुने विरुवाको चिल्लो पात भनेझैं सानै देखि अभिभावकको उचित रेखदेख, माया, पे्ररणा, निर्देशन तथा सहयोग पाउन सकेका बालबालिकाहरु नेपोलियन बोनापार्टले भने जस्तै असल नागरिक हुन सक्दछन् । यस अर्थमा आप्mना छोराछोरीहरुको पढाइ लेखाईमा विशेष ध्यान दिने अभिभावकहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा देशको विकासमा पनि भूमिका खेलेको ठहर्छ । 

अभिभावकहरु जति बढि चेतनशील र व्यबहारिक हुन्छन् त्यति नै बालबच्चाहरुहरु आत्म निर्भरता र व्यवहारिक ज्ञान आर्जन गर्न सक्षम हुन्छन् । अभिभावकमा जति इमान्दारिता, सामाजिक भावना, व्यबहारिक ज्ञान, उदार व्यवहार, परोपकारी आचरण हुन्छ त्यति नै बाल बालिकाहरुले पनि अभिभावकका कृयाकलापहरुलाई अवलोकन, देखासिखी र अनुसरण गरी ज्ञान आर्जन गर्दछन् र सोही अनुरुपको आचरण निर्माण गर्दछन् भन्ने बालमनोविदहरुको धरणा रहेको छ । 

अभिभावकले आफ्ना छोराछोरीहरुलाई खान, लगाउन र विद्यलयमा चाहिने कापि कितावहरुको व्यवस्था गरी दिएर मात्र पुग्दैन । घरमा पढाई लेखाईको वातावरण सिर्जना गरीदिनुका साथै उनीहरुको दुःख सुखको साथी पनि बनिदिनु पर्दछ । समय समयमा उनीहरुसंग मनोविमर्श गर्नु पर्दछ । घर व्यवहारका मामिलाहरुमा पनि उनीहरुका विचार बुभ्mने गर्नाले उनीहरुमा पारिवारिक जिम्मेवारी बोध हुन्छ । व्यवहारिक ज्ञानको विकास हुन्छ । यसका साथै अहिलेका बालबालिकाहरुलाई युग सापेक्ष परिवर्तनसंग परिचित गराउँदै विकृतिहरुको निरोध गर्न सक्ने क्षमताको विकासमा अभिभावकहरुको भूमिका त्यत्तिकै आवश्यक छ । 

अभिभावकहरुले छोराछोरीहरुलाई अधिकार र कर्तव्यबीचको सम्बन्ध राम्ररी बुझाउन सक्नु पर्दछ । बालबालिकाहरुले घर, परिवारको सदस्य भएकोमा गौरवको अनुभूति गर्न सक्ने वातावरणको सिर्जना गर्नु अभिभावकको  दायित्व हो । उनीहरुमा खुसीमा नमात्ने र दुःखमा नआत्तिने बानीको विकास गराउनु पर्दछ । उमेरको बृद्घिसंगै आउने शारिरीक, मानसिक तथा वौद्घिक  विकास भए नभएको कुरामा पनि अभिभावकहरु चनाखो हुनु पर्दछ । यसैगरी आप्mना छोरा, छोरीहरुको साथी, संगत, आनीवानीको र चालचलनको बारेमा जानकारी राख्न त्यत्तिकै जरुरी हुन्छ । 

अहिले एकातिर बालबालिकाहरुलाई विश्वव्यापी विज्ञान र प्रविधिको ज्ञान अति आवश्यक भइसकेको अवस्था छ भने अर्को तिर ईण्टरनेट, कम्प्युटर, मोवाइल लगायतका डिजीटल प्रयोगले उनीहरु एकोहोरो भएको, सामाजिक एवं व्यवहारिक बन्न नसकेको बालमनोविदहरुको बुझाई छ । साईवर अपराध, मादक पदार्थ सेवन, धुमपान जस्ता कुलतमा लाग्ने बालबालिकाहरुकोे संख्यामा पनि बृद्घि भई रहेको तथ्याङ्घ छ । यी र यस्ता कुलतहरुबाट जोगाउन र उचीत मार्ग निर्देश गर्ने प्राथमिक दायित्व अभिभावकको हो । 

बालबालिकाको सकारात्मक सूचना र सन्देश प्रवाहको मूल स्रोत अभिभावक भएकोले उनीहरुको समृद्घीका लागि नेतृत्वदायी भूमिका आवश्यक ठानिन्छ । विद्यमान सामाजिक अन्धविश्वास, कुरिती, कुसंस्कार, र्दुव्यशन तथा कुलत र यसका परिणामका बारेमा पनि छोराछोरीहरुसंग कुराकानी, छलफल, विचार आदान प्रदान गर्न समय निकाल्नु पर्दछ । साथै आ–आफ्ना छोराछोरीहरुलाई कुलत र कुसंस्कारबाट जोगाई सभ्य नागरिक बनाउने गहन भूमिका अभिभावकको हो । त्यसैले बालबालिकाहरुको शिक्षा दिक्षा, प्रेरणा, मार्गनिर्देश एवं आचरण निर्माणमा अभिभाकहरुको ठूलो भूमिका हुन्छ ।

प्रतिक्रिया