Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

शिक्षा मन्त्रीले गरे कर्मचारी सरुवा

शुक्रबार, २१ फागुन २०७७

काठमाडौं - शिक्षा मन्त्रालयका केही कर्मचारीको सरुवा र पदस्थापना गरिएको छ । बागमती प्रदेशबाट सरुवा भएर आएका सहसचिव डा.हरीप्रसाद लम्साललाई मन्त्रालयको प्राविधिक शिक्षा महाशाखाको जिम्मेवारी तोकिएको छ । यस अघि सहसचिव दीपक शर्माले प्राविधिक सहित विद्यालय शिक्षा महाशाखा समेत सम्हाल्दै आएका थिए । 

शिक्षा मन्त्रालय अन्र्तगतको महत्वपूर्ण निकाय पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दहाललाई शिक्षा तथा मानव श्रोत विकास केन्द्रको उपमहानिर्देशकमा सरुवा गरिएको छ । उनको ठाउँमा केन्द्रका उपमहानिर्देशकका रुपमा कार्यरत सहसचिव अणप्रसाद न्यौपानेलाई ल्याईएको छ । यस्तै विद्यालय शिक्षक किताबखानामा कामु उपमहानिर्देशकका रुपमा कार्यरत उपसचिव  शिवकुमार सापकोटालाई शैक्षिक गुणस्तर परीक्षण केन्द्रको कामुका रुपमा सरुवा गरिएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का नियन्त्रकका रुपमा कार्यरत उपसचिव रामराज खकुरेललाई सापकोटाको ठाउँमा सरुवा गरिएको छ भने उनको ठाउँमा पाठ्यक्रमका उपसचिव रुद्र अधिकारीलाई लगिएको छ । 

मन्त्रीको कुर्चि सम्हालेको दुई महिना बिते पछि कृष्णगोपाल श्रेष्ठले कर्मचारी चलाएका हुन् । असंवैधानिक रुपमा संसद विघटन गरेको छैठौ दिनमा प्रधानमन्त्री केपी ओलीले गत पुस १० गते श्रेष्ठलाई  शिक्षा मन्त्री बनाएका थिए । सत्ताधारी दल भित्रको किचलोका कारण भएको संसद विघटनको विरोधमा गिरिराजमणि पोखरेलले राजिनामा गरे पछि ओलीले गत असोज २८ गते शहरी विकास मन्त्रीका रुपमा नियुक्त श्रेष्ठलाई शिक्षामा सरुवा गरेका थिए ।

मन्त्री श्रेष्ठले शुक्रबार शिक्षाका कर्मचारीको सरुवाको निर्णय गरे पनि सम्बन्धित कर्मचारीलाई पत्र दिन बाँकी रहेको मन्त्रालय श्रोतले जनाएको छ । 

प्रतिक्रिया