शिक्षण विधि : 'न्यारेसन सिक्नेस'बाट बदलेर विद्यार्थी केन्द्रित बनाऔं


नेपालको शिक्षण सिकाइ पद्धति ‘न्यारेसन सिकनेसबाट’ ग्रस्त छ । परम्परागत शिक्षण विधिबाट विद्यार्थीलाइ ज्ञान थुपार्ने काम भइरहेको छ । शिक्षामा शास्त्रको अध्ययन अध्यापन भयो । युग सापेक्ष शास्त्रार्थ भएन । विद्यार्थीमा कोरा ज्ञान भयो । सिर्जनात्मक  सीप भएन । विज्ञान, गणित, भाषा आदि विधाहरुलाई सुगा रटान गराउने, लेख्न लगाउने र कक्षागत श्रेणी बढाउने कार्यले शिक्षार्थीको सिर्जना पलाउन सकेन । आफ्नोपन झल्कन सकेन । शिक्षार्थीमा मौलिक चिन्तन, सिर्जनात्मक शक्ति, अन्वेषण एवं अनुसन्धानका दायराहरु फैलन सकेनन् । परम्परावादी शिक्षण सिकाइ प्रणालीबाट हाम्रो देशका शैक्षिक संस्थाहरु माथि उठ्न सकेनन् । शिक्षाको गणस्तरमा वृद्घि हुन सकेन । 

शिक्षाशास्त्री रोवट् फोस्टरका अनुसार शिक्षण आपूmमा भएको ज्ञानलाई सिकारुमा स्थानान्तरण गर्ने कला हो । यो कला भित्र शिक्षकले सिकारुमा अध्ययन गर्ने भोकको जागरण गराउन सक्नु पर्दछ । सिकाइमा अभिप्रेरणाको ठूलो भूमिका हुन्छ । विद्यार्थीको रुचीलाई ध्यान नदिई अध्यापन गर्ने कार्य शिक्षक केन्द्रीत पण्डित्याई मात्र हो । कलात्मक शिक्षण होइन । शिक्षा शास्त्री हेनरी फ्रेड्रिकले उचित सल्लाह दिन सक्ने कला नै उत्तम शिक्षण हो भनेका छन्  । यसको अर्थ शिक्षकले विद्यार्थीलाई शिक्षण सिकाइका क्रममा उचित राय, सल्लाह, सुझाव र निर्देशन दिन सकेमा उनीहरुले सिकाइका तरिकाहरु सिक्न सक्दछन् । तर सल्लाह सुझाउनको लागि विद्यार्थीमा निहित आन्तरिक क्षमताको ज्ञान, उसको रुची र समस्याहरु ठम्याउन सक्नु पर्दछ । यसको लागि विद्यार्थीसंग मनोपरामर्श आवश्यक हुन्छ । 

एउटा वैज्ञानिकले कुनै पनि कुराको आविष्कार गर्नको लागि त्यसको सुक्ष्म अध्ययन, अनुसन्धान तथा परिक्षण गरे पछि मात्र उ सफल भएझैं शिक्षण सिकाइमा पनि शिक्षकले विद्यार्थीमा रहेको आन्तरिक र वाह्य समस्याहरुको अवलोकन अनुसन्धान तथा अन्वेषण गरी समस्याहरुको पहिचान तथा समाधानका उपायहरु अवलम्बन गर्न सके मात्र शिक्षण सिकाइ सफल हुन सक्दछ । विद्यार्थीलाई सताई रहेका समस्याका रुपहरु फरक फरक हुन सक्दछन् । माथिल्लो उमेर समूहका विद्यार्थीले साना विद्यार्थीलाई गर्ने वुलिङ, अध्ययनमा आईपर्ने कठिनाइ, उमेर अनुसार शारिरीक, मानसिक तथा संवेगात्मक विकास र यसको प्रभाव, डर, त्रास, घात, आघात, रिष, आवेग, उत्तेजना आदि इत्यादी समस्याहरुले विद्यार्थीलाई थिचीरहेका हुन सक्छन् । यी समस्याहरुको वेवास्ता गरी शिक्षण गर्दा विद्यार्थीले बुभ्mन सक्दैनन् । पढाईमा रुची जगाउन सक्दैनन् । यसकारण शिक्षकहरुले विद्यार्थीका मनोवैज्ञानिक समस्याहरुको पहिचान गरी समस्या समाधान गर्ने उपाय गर्न अति आवश्यक छ । 

आईन्सटाइनले मानिसको एउटा मूल्यवान चीज भनेको उसको अन्तरहृदयको आवाज हो भनेका छन् । बालबालिकाहरुको हृदयको आवाजलाई नसुनीकन गरेको शिक्षण प्रभावकारी हुन सक्दैन । शिक्षाविद ह्वाइट र लिपिटले मौलिक तथा विद्यार्थी केन्द्रीत शिक्षण सिकाइको लागि सिक्ने व्यक्ति मानसिक रुपमा तयार हुनु पर्नेमा कुरामा जोड दिएका छन् । विद्यार्थीलाई मानसिक रुपमा तयार नगरी गरिने शिक्षण उपलब्धी मुलक हुन सक्दैन । शिक्षार्थी सिक्न तयार नभएसम्म सिकाइ उपलब्धीमलक हुन सक्दैन । त्यसैले शिक्षण सिकाइमा गुरुजनहरुको सिकाउने कलाको ठूलो भूमिका हुन्छ ।

शिक्षण सिकाइका बिषयमा वैज्ञानिक आईन्टाइनको अर्को भनाइ मनन् योग्य छ । उनी भन्छन् – मैले विद्यार्थीलाई पढाउँदिन, केवल उनीहरुले पढ्ने वातावरणको सिर्जना गरीदिन्छु । उनको भनाईको तात्पर्य सिकाइको लागि वातावरणले ठूलो भूमिका खेल्दछ भन्ने हो । विद्यार्थीलाई पढ्ने, सिक्ने र पढाईमा रमाउने वातावरण भएमा उनीहरुमा सिक्ने रुची र उत्सुकता बढ्दछ । यसको लागि शिक्षकले बालमनोविज्ञानको अध्ययन गरी उनीहरुको घर, परिवार, उमेर, पूर्वज्ञान, मानसिकता, कठिनाई लगायतका पृष्ठभूमीहरुको जानकारी राखी  पढाई प्रति रुची जगाउने र सिक्न तयार हुने वातावरणको सिर्जना गर्नु पर्दछ । 

शिक्षकहरु पाठ्पुस्तकीय बिषयबस्तुको हस्तान्तरण गर्नको लागि शिक्षण सीपको आवश्यकता पर्दछ । शिक्षण सीप भन्नाले शिक्षकले कुन तहको कक्षामा कुन कुन पाठ, कुन कुन उद्देश्य प्राप्तिका लागि, कुन शिक्षण विधि अपनाई कस्ता शैक्षिक सामाग्रीहरुको प्रयोगद्वारा कति समय लगाई शिक्षण गर्दा निर्धारित लक्ष्यहरु पुरा हुन सक्छन् भन्ने सैद्घान्तिक एवं व्यबहारिक विधीहरुको प्रयोगलाई बुभ्mनु पर्दछ । आधुनिक शिक्षण कलामा ज्ञानात्मक, भावनात्मक, कृयात्मक र व्यवहारिक पक्षहरुलाई महत्व दिइन्छ । पाठको उद्देश्यहरुलाई पुरा गर्नको लागि शिक्षण सिकाइमा श्रव्य सामाग्री, दृष्य सामाग्री, श्रव्य–दृष्य सामाग्रीहरुको प्रयोग पनि आवश्यक ठानिन्छ । आवश्यकताको आधारमा पत्रपत्रिका, स्लाइड्स, चार्ट, नक्सा, ग्लोब, फ्लासकार्ड, शब्दोपत्ति लगायतका शिक्षण सामाग्रीहरुको प्रयोग गरी शिक्षण सिकाइलाई कलात्मक बनाउन सकिन्छ ।  

शिक्षण पेशा प्राविधिक कार्य हो । जसरी कुनै पनि प्राविधिक कार्य सम्पन्न गर्नका लागि विशेष प्रकारको सीपको आवश्यकता पर्दछ त्यसरी नै शिक्षणलाई प्रभावकारी बनाउन विशेष कलाको खाँचो हुन्छ । शिक्षण कलाका सहयोगी अवयवहरु शिक्षकको योग्यता, क्षमता, अध्ययन,अनुसन्धान, अनुभव, एवं तालिम जस्ता कुराहरुमा निर्भर हुन्छ । यसका साथै सरल तथा जीवन्त प्रस्तुतिकरण कलात्मक शिक्षणका विशेषता हुन् ।  जसरी मेडिकल सर्जनले बिरामीको रोगलाई पत्ता लगाई निको बनाउँछन्् त्यसरी नै योग्य गुरुजनहरुहरुले सिकारुमा रहेका समस्याहरुको चिरफारगरी सरल तरिकाले ज्ञान हस्तान्तरण गर्ने क्षमता राख्नु पर्दछ । 

शिक्षाशास्त्री वीलियम अथरले शिक्षणको स्तरको वर्गीकरण गर्दै साधारण शिक्षकले विद्यार्थीलाई बिषयबस्तु भन्दछन्, राम्रा शिक्षकले व्याख्या गर्दछन्, उत्कृष्ट शिक्षकले डेमोस्ट्रेट् गर्दछन् भने महान शिक्षकले प्रेरित गर्दछन् भनेका छन् । यसरी हेर्दा गुरुजनहरुले गला सुकुञ्जेल पण्डित्याई गर्ने, व्याख्या गर्ने, कण्ठस्थ गर्ने, गराउने, कितावबाट उत्तरहरु हुबहु लिपीबद्घ गर्न लगाउने जस्ता विधिहरु परम्परागत तरिका हुन् । यस प्रकारको परम्परावादी वर्णनात्मक शैलीको घोकन्ते शिक्षण शैली आउटडेटेड् भईसकेको छ । 

अन्त्यमा, शिक्षणलाई स्तरीय र कलात्मक बनाउन गुरुजनहरुमा शिक्षा प्रतिको अभिरुची, अध्ययनशीलता, खोज, अनुसन्धान, समसामयिक ज्ञान र सीपहरुमा दक्ष हुन आवश्यक ठानिन्छ । त्यसैले प्रचलित शास्त्रीय शिक्षण शैलीलाई रुपान्तरणगरी आधुनिक, बालमनोविज्ञानमा आधारित, प्रविधी मैत्री एवं सिकारु केन्द्रीत शिक्षण सिकाइ नै गुणस्तरीय, जीवन्त एवं कलात्मक बनाउनु आजको आवश्यकता हो । तथर्स न्यारेसन सिक्नेसबाट ग्रस्त शिक्षण शैलीलाई बदलेर विद्यार्थी केन्द्रीत बनाउन माथि उल्लेख गरिएका बिषयबस्तुले केही भए पनि मद्घत गर्ने छ भन्ने आशा गर्दछु । हजार पाइलाको यात्रा एक पाइलाबाट शुरु हुन्छ भन्ने कुरा मनन् गरौं ।