Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
गतिविधि

जेठ मसान्त सम्म नतिजा प्रकाशन सक्न पत्राचार, असार देखि नयाँ शैक्षिक सत्र

आइतबार, ०२ जेठ २०७८

काठमाडौं - जेठ २० गते भित्रै उपयुक्त मूल्याँकन प्रक्रियाबाट विद्यार्थीको मूल्याँकन गरी जेठ मसान्त सम्ममा नतिजा प्रकाशन सक्न काठमाडौं महानगरपालिकाले सबै विद्यालयलाई निर्देशन दिएको छ । शिक्षा नीयमावलीमा संशोधन गरी सरकारले यस अघि नै असार देखि नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरेका आधारमा महानगर शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले सबै विद्यालयलाई लिखित निर्देशन दिएका हुन् ।   

परीक्षा सञ्चालन, नतिजा प्रकाशन र नयाँ शैक्षिक सत्र सम्बन्धमा सुवेदीद्वारा विद्यालयहरुलाई पठाईएको पत्रमा शैक्षिक सत्र २०७७ को बार्षिक मूल्याँकन पाठ्यक्रमले व्यवस्था गरे बमोजिम विद्यालय अनुकुल मूल्याँकन गर्न भनिएको छ । अनलाईन, अफलाईन परीक्षा, यसै शैक्षिक सत्रमा सञ्चालित अर्धवार्षिक परीक्षा टेलिफोन, निरन्तर विद्यार्थी मूल्याँकन, ईमेलबाट प्रश्न पठाएर वा विद्यालय अनुकुल अन्य उपयुक्त ढाँचा अपनाउन भनिएको छ ।
स्थानीय सरकारले लिने कक्षा ८ को परीक्षाका बारेमा भने यथाशिघ्र सूचना गरिने जनाईएको छ । 

महानगर भित्र ९२ वटा सामुदायिक छ सय ४५ वटा निजी विद्यालय छन् । 

प्रतिक्रिया