Edukhabar
शनिबार, ०८ बैशाख २०८१
गतिविधि

पदमा वहाल रहँदा व्यापार–व्यवसायमा संलग्न नहुने घोषणा

सोमबार, १८ साउन २०७८

काठमाडौं - शिक्षा र स्वास्थ्य क्षेत्रको व्यापारमा संलग्न भएको व्यक्तिलाई मन्त्री नियुक्त गरेको भन्दै आलोचना भईरहेका बेला स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले व्यवसायिक संलग्नताबाट अलग हुने निर्णय गरेको सार्वजनिक गरेका छन् । आगामी सय दिनमा आफूले गर्ने २३ वटा कामको अन्तिम बुँदामा श्रेष्ठले व्यवसायिक संलग्नताबाट अलग हुने उल्लेख गरेका हुन् ।  

'स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी सम्हाले पछि मैले आफ्नो व्यक्तिगत सम्पूर्ण व्यवसायिक संलग्नताबाट अलग हुने निर्णय गरेको छु । पदमा वहाल रहँदा स्वार्थ बाझिने कुनै पनि प्रकारको व्यापार–व्यवसायमा म संलग्न नहुने यसै प्रतिवद्धता पत्र मार्फत सार्वजनिक गर्न चाहन्छ' उनले भनेका छन्, 'हालसम्म म संलग्न हुँदै आएका व्यवसायको कार्यकारी तथा पदीय भूमिका कानुनी रूपमा नै त्याग गरिसकेको छु । सरकारले राज्यमन्त्रीलाई उपलब्ध गराउने सेवा/सुविधा मध्ये सुरक्षाकर्मी बाहेक सवारी साधन, आवास र तलबभत्ता लगायत कुनै पनि पारिश्रमिक, भत्ता र सुविधा नलिने घोषणा गर्दछु ।'

दोश्रो पटक संसद विघटन गरेका तत्कालिन प्रधानमन्त्री केपी ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक भएको फैसला गरे सँगै गत असार २९ गते शेरवहादुर देउवाको नेतृत्वमा गठित नयाँ मन्त्रीपरिषद्मा गत साउन १० गते श्रेष्ठलाई स्वास्थ्य राज्य मन्त्री नियुक्त गरिएको थियो । शिक्षा क्षेत्रमा लगानी गर्दै आएका श्रेष्ठले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा पनि लगानी गर्दै आएका छन् । त्यसैले उनको नियुक्तिले स्वार्थ बाझिने भन्दै आलोचना हुँदै आएको छ । 

चिकित्सा शिक्षाका वेथिती विरुद्ध संघर्ष गर्दै आएका प्रा.डा. गोविन्द केसीले स्वास्थ्य राज्यमन्त्रीलाई तत्काल पदमुक्त गर्न माग गर्दै प्रधानमन्त्री देउवालाई ६ बुँदे खबरदारी पत्र नै पठाएका थिए ।

'या शिक्षा क्षेत्रको लगानीबाट अलग हटुन्, नत्र पदमुक्त गरियोस्'

उक्त पत्र पठाएको छैठौं दिनमा श्रेष्ठले कोभिड १९ विरुद्धको अभियानमा खोपलाई प्राथमिकता दिदैं आफ्नो  कामको सुची सार्वजनिक गरेका हुन् । 

सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिवद्धता र कार्ययोजना :

मुलुक अहिलेविश्वव्यापीकोभिड–१९ महामारीबाट सिर्जित जनस्वास्थ्य सङ्कटको कठिन परिस्थितिबाट गुज्रिरहेको छ । ‘महामारीबाट बाचौँ र बचाऔँ’ हामी सम्पूर्ण नेपालीको मूलमन्त्र भएको छ। सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा गठित पाँच दलीय गठबन्धन सरकारले आम नागरिकको जीवन रक्षा, महामारी नियन्त्रण, रोकथाम तथा उपचार, खोप व्यवस्थापन रकोभिड–१९ सङ्क्रमितको निशुल्क तथा सर्वसुलभ उपचारलाई सर्वोच्च प्राथमिकता निर्धारण गरेको छ। त्यसैले सम्माननीय प्रधानमन्त्रीज्यूले प्रतिवद्धता व्यक्त गरेअनुसार मैले खोप आयात, भण्डारण र सहज ढङ्गले वितरण गरी नेपाली नागरिकको जीवन रक्षा गर्ने गहन जिम्मेवारीलाई राष्ट्रिय अभियानको रूपमा अगाडि बढाइरहेको जानकारी सम्पूर्ण नेपाली नागरिकलाई गराउन चाहान्छु। हिजो आइतबारसम्म ६२ लाख १७ हजार ९ सय ९२ मात्रा खोप लगाइसकिएको छ भने असोज महिनाको अन्त्यसम्म २ करोड डोज खोप आपूर्ति हुने सुनिश्चित भइसकेको छ। कोभ्याक्स सुविधाअन्तर्गत १ करोड १३ लाख, कोभ्याक्सको लागत सहभागितामा १ करोड ५० लाख (जसमध्ये ४० लाखको भुक्तानी भैसकेको र १ करोड १० लाखको भुक्तानी प्रक्रियामा रहेको) र बालबालिका लक्षित फाइजर कम्पनीबाट ६० लाख खोप गरी ३ करोड २३ लाख डोज खोप खरिद प्रक्रियामा रहेको छ। यसरी कुल जम्मा ५ करोड २३ लाख खोप प्राप्त हुने अवस्था छ ।

असामान्य अवस्थामा पनि खोपको आपूर्ति तथा प्रभावकारी वितरणद्वारा निकट भविष्यमा महामारी नियन्त्रण गरी जनजीवनलाई सहजता र सामान्यीकरणको दिशातर्फ फर्काउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सम्पूर्ण प्रयास केन्द्रित भएको छ।

यद्यपि, पछिल्लो समय बढ्दो सङ्क्रमण र संभावित तेस्रो लहर हाम्रा अगाडि चुनौतीको रूपमा देखा परेको छ। उक्त चुनौतीसँग सामना गर्न जनस्वास्थ्य मापदण्डको प्रभावकारी पालना गरी आफू, परिवार र समुदायलाई जोगाउन हरेक नागरिकले निष्ठापूर्वक योगदान गर्न सम्पूर्ण नेपाली नागरिकलाई म हार्दिक अपिल गर्दछु। तपाईं–हाम्रो सचेत व्यवहार र जनस्वास्थ्य मापदण्डको प्रभावकारी पालनाले महामारी फैलनबाट रोक्न सकिन्छ। महामारी नियन्त्रणका लागि सम्बन्धित निकायहरूबीच प्रभावकारी संयोजन र समन्वय स्थापित गर्दै लगेका छौं।

जनस्वास्थ्य सङ्कटको यस विषम परिस्थितिमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्दै गर्दा मैले केही नीतिगत प्रतिवद्धताका साथै योजना र कार्ययोजना तय गरेको छु। त्यसैले मैले आज तपाईँहरू समक्ष ती प्रतिवद्धता, योजना र कार्ययोजनाहरु प्रस्तुत गर्न गइरहेको छु ।

१) एक तिहाई नागरिकलाई असोज मसान्त र सम्पूर्ण नेपाली नागरिकलाई चैत मसान्तसम्म खोप लगाइसक्ने सम्माननीय प्रधानमन्त्रीज्यूको प्रतिवद्धतालाई साकार बनाई नेपाली जनताको जीवन रक्षा गर्नु मेरो सर्वोच्च प्राथमिकता हुनेछ्र त्यसैले खोप खरिद र उचित व्यवस्थापन गरी तथा वितरण प्रणालीमा अविलम्ब आवश्यक सुधार गरी निर्धारित समय भित्रै सम्पूर्ण नेपाली नागरिकलाई खोप लगाइने प्रतिवद्धता व्यक्त गर्दछु। महामारी नियन्त्रणका लागि सर्वाधिक आवश्यक खोप व्यवस्थापनका लागि मित्र राष्ट्र तथा दातृ निकायहरूसँगको खोप कुटनीतिलाई उच्च प्राथमिकता दिनेछु्र सरकारले पहिलो चरणमा कोभिशिल्ड खोप लगाएका १३ लाख ४८ हजार नागरिकलाई जापान सरकारको अनुदानमा प्राप्त हुन लागेको अस्ट्राजेनिका खोप प्राप्त हुनासाथ ३ दिनभित्र वितरण गरिनेछ। दोस्रो डोज खोपको प्रतीक्षामा रहनु भएका जेष्ठ नागरिकहरूलाई अविलम्ब खोपको व्यवस्थापन गर्नेछु 

२) खोपको प्रभावकारी रूपमा समन्यायिक वितरण गरिनेछ। आर्थिक गतिविधिका दृष्टिले महत्वपूर्ण र बढी आवागमन हुने र जनसांख्यिक चाप रहेका प्रमुख शहरी केन्द्रहरू काठमाडौँ उपत्यका, बुटवल–भैरहवा, पोखरा, वीरगञ्ज, विराटनगर, धनगढी, नेपालगञ्ज, सुर्खेत, जनकपुर, दमक लगायतका सहरमा प्रदेश तथा स्थानीय सरकारसंग समेत परामर्श र समन्वय गरी खोप केन्द्र थप गरी अझै सुलभ, व्यवस्थित र सरल ढंगले खोप वितरण गरिनेछ। मैले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि वयस्क तथा किशोर–किशोरी समेतलाई लक्षित गरी मोडर्ना खोप ४० लाख र जोनसोन एण्ड जोनसोन खोप ५० लाख, फाइजर ४० लाख र अस्ट्राजेनिका २० लाख गरी कुल १ करोड ५० लाख मात्रा खरिद प्रक्रिया शुरू भइसकेको जानकारी गराउन चाहन्छु। कोभिड–१९ विरुद्धको खोप नेपालमै व्यावसायिक उत्पादनका सम्भावनामाथि पनि हामीले अध्ययन अघि बढाएका छौं। खोप खरिदका लागि नेपाल सरकार र एसियाली विकास बैंकका बीचमा १६५ मिलियन अमेरिकी डलरको ऋण सहायताको स्वीकृतिको चरणमा छ। यसैगरी फाइजरको ६० लाख खोप खरिदका प्रारम्भिक काम सम्पन्न भइ उत्पादक कम्पनीसँग खरिद प्रक्रियाको थालनी भएको छ।

३) विदेश जाने प्रयोजनका लागि खोप लगाएको प्रमाणपत्र सम्पूर्ण सरकारी अस्पतालबाट सहज तरिकाले वितरण गर्ने प्रबन्ध मिलाइएको छ। आवश्यकताअनुसार उक्त वितरण केन्द्र थप गरिने छ ्र

४) कोभिड–१९ को उपचारका लागि पूर्वाधारको विस्तार, जनशक्ति व्यवस्थापन, पीपीई लगायत अत्यावश्यक सामग्रीको व्यवस्थापन गरिएको छ। अतिरिक्त जनस्वास्थ्यकर्मीहरू परिचालनगरीकोभिड–१९ को एन्टीजेन र पीसीआर परीक्षणको दायरा व्यापक विस्तार गरिनेछ।कोभिड–१९ को उपचारका लागि अस्पतालहरूमा रिक्त शैयाको विवरण तत्काल अद्यावधिक गरी बिरामी भर्ना प्रक्रिया सहजीकरण गरिनेछ।

५) निकट भविष्यमा आउन सक्ने कोभिड–१९ को तेस्रो लहरको सामना गर्नका लागि समय तालिका सहितको विशेष रणनीति र कार्ययोजना अविलम्ब सार्वजनिक गरिने छ ्र कोभिड–१९ को तेस्रो लहर फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै जनस्वास्थ्य मापदण्ड राम्रोसँग पालना गर्न सम्पूर्ण नेपालीहरूसँग हार्दिक अपिल गर्दछु। मित्र राष्ट्र, दातृ निकाय र गैरसरकारी संस्थाहरूबाट प्राप्त स्वास्थ्य सामग्रीको विवरण आवधिक रुपमा सार्वजनिक गरिनेछ भने मन्त्रालयमा मौज्दात रहेका मास्क स्थानीय सरकार तथा जनस्वास्थ्य सम्बन्धी संस्थाहरूसँग समेत समन्वय गरी नेपाल मास्क सप्ताह (श्रावण २३ देखि २९) मार्फत नागरिकहरूलाई वितरण गरिनेछ।

६) आइसीयू, एचडीयू, भेन्टिलेटरको उचित प्रबन्ध गरिनेछ। कोभिड–१९ बिरामीका लागि प्राणवायु अक्सिजनमा शून्य नाफा (जिरो मार्जिन) कायम गरी अविलम्ब कार्यान्वयनमा ल्याइनेछ।

७) सबै अस्पतालबाट कोभिड–१९ तथा गैर–कोभिड विरामीको उपचार सेवा सुचारु गर्ने कार्यका लागि यथोचित व्यवस्था गरिनेछ।

८) प्रत्येक प्रदेशमा कोभिड–१९ कमाण्ड अस्पतालको अनुगमन र सुपरिवेक्षणका लागि मन्त्रालयबाट ११ औं तहका कर्मचारी खटाइनेछ।

९)स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतमा रहेको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रलाई छरितो बनाई जनस्वास्थ्यका सूचना, जानकारी जनसमक्ष सम्प्रेषण गरिनेछ। यसका अतिरिक्त सूचना तथा सञ्चार मन्त्रालयसँग समन्वय गरी जनस्वास्थ्य सम्बन्धी जागरण र सचेतना विस्तार गरिनेछ।

१०) कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचार सेवाको प्रभावकारिता वृद्धि, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता र स्वास्थ्य पूर्वाधार विस्तार गर्न मन्त्रालयमा संक्रामक रोग विज्ञ, जनस्वास्थ्य विज्ञ तथा स्वास्थ्य क्षेत्रको व्यवस्थापन विज्ञहरूको विशेषज्ञ समूह गठन गरी कार्यसम्पादन चुस्त र प्रभावकारी बनाइनेछ।

११) कोभिड–१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको सन्दर्भमा निकट भविष्यमा सञ्चालन हुन गइरहेका परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्ब उचित निर्णय गरिनेछ।

१२) सार्वजनिक स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा सम्पूर्ण नेपाली जनतामा सहज पहुँच, स्वास्थ्य क्षेत्र पूर्वाधार विस्तार र आवश्यक जनशक्तिको प्रबन्ध मेरो मूलमन्त्र हुनेछ।

१३) प्रत्येक नेपाली नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्ने महान अभियानलाई प्रभावकारी र व्यवस्थित रूपमा लागू गरिनेछ। स्वास्थ्य बीमा दुरुपयोग गर्ने कार्यलाई कडाइका साथ अनुगमन गरी निरुत्साहित गरिनेछ। गैरसरकारी क्षेत्रलाई सेवा प्रदायकका रूपमा परिचालन गरिने छ ्रसर्वव्यापी स्वास्थ्य कभरेजको लक्ष्य हासिल गर्न यगत याा उयअपभत भहउभलमष्तगचभलाई कम गर्दै बीमा मार्फत आम नागरिकको चिकित्सकीय स्वास्थ्य सेवाको आवश्यकता लाई परिपूर्ति गर्न विशेष पहल गरिनेछ।

१४)स्वास्थ्य क्षेत्रसँग सम्बन्धित दिगो विकास लक्ष्य हासिल गर्ने गरी रोग नियन्त्रण केन्द्र (ऋम्ऋ), प्रजनन स्वास्थ्य सेवा, खाद्य तथा औषधि प्राधिकरण (ँम्ब्) हरूको विकास तथा विस्तारमा प्राथमिकता दिँदै तेस्रो पुस्ता स्वास्थ्य क्षेत्र सुधार गरिनेछ।

१५) कोभिड महामारीको कारणबाट नेपालको संविधानले सुनिश्चित गरेका अन्य आधारभूत स्वास्थ्य सेवा प्रवाह मा परेको असरलाई सुधार गर्न गम्भिरतापूर्वक लाग्नेछौँ। स्वास्थ्य सेवाको आवश्यकता, संरचना, कार्यरत जनशक्तिबीच सामाञ्जस्यता कायम गर्नु पर्ने मुद्दालाई उचित रुपमा सम्बोधन गरिनेछ।

१६) संभावितकोभिड–१९ को तेस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै दक्षिणी छिमेकी भारतसँगको सीमामा होल्डिङ सेन्टर स्थापना गरी कोभिड–१९ को परीक्षणपछि संक्रमितलाई आइसोलेसन र उपचारका लागि पठाइनेछ भने संक्रमित नभएकालाई सुरक्षित साथ गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाइनेछ।

१७) गैर–नाफामूलक स्वास्थ्य संस्था, निजी अस्पताल, निजी मेडिकल कलेज र सरकारी अस्पतालसँगको समन्वयमा कोभिड–१९ को उपचार प्रभावकारी बनाइनेछ। यसैगरी अस्पतालहरूको ग्रेडिङ गरी शुल्क पारदर्शी बनाउने व्यवस्था लागू गरिनेछ।

१८) एकीकृत एम्बुलेन्स सेवा सञ्चालन गरी सहज रूपमा एम्बुलेन्स उपलब्ध हुने व्यवस्था मिलाइनेछ।

१९) स्वास्थ्य क्षेत्रबाट उपलब्ध गराइने सेवाहरुको आँकडालाई अझ बढी वास्तविक र विश्वसनिय बनाउने उद्देश्यका साथ भ्भिअतचयलष्अ ज्भबतिज च्भअयचमष्लन क्थकतझ को विकास गरी प्राथमिक अस्पताल, जनरल अस्पताल, विशिष्टिकृत र अति विशिष्टिकृत अस्पतालमा लागु गरिनेछ।

२०) जनशक्तिको आवश्यकता परिपूर्ति गर्न संघ (केन्द्र)मा पुल दरबन्दी सिर्जना गर्नका लागि लोकसेवा आयोगमार्फत प्रक्रिया अघि बढाउन आवश्यक पहल, निर्णय र समन्वय गर्नेछु। देशभरका अस्पताल, स्वास्थ्य संस्था, स्वास्थ्यचौकीमा आवश्यक जनशक्ति व्यवस्थापन कार्यलाई मैले उच्च प्राथमिकतामा राखेको छु।

२१) अस्पतालहरूको सेवा प्रवाह सुधार तथा सेवा विस्तारका लागि नियमित अनुगमन, सुपरिवेक्षणको प्रबन्ध मिलाइनेछ। स्वास्थ्यकर्मीहरूको सेवा, सुविधा र सुरक्षाका सम्बन्धमा उचित प्रबन्ध गर्नुका साथै भौतिक पूर्वाधार र मानव संशोधन विकास तथा व्यवस्थापनका लागि आवश्यक नीतिगत प्रबन्ध गरिनेछ।

२२) सरकारी स्वास्थ्य संस्थाहरूको सशक्तीकरण गरिनेछ भने निजी स्वास्थ्य संस्थालाई नियमन गरी उत्तरदायी स्वास्थ्य सेवा प्रणाली विकास गरिनेछ।

२३) स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि मैले आफ्नो व्यक्तिगत सम्पूर्ण व्यवसायिक संलग्नताबाट अलग हुने निर्णय गरेको छु। पदमा बहाल रहँदा स्वार्थ बाझिने कुनै पनि प्रकारको व्यापार–व्यवसायमा म संलग्न नहुने यसै प्रतिवद्धता पत्रमार्फत सार्वजनिक गर्न चाहन्छु। हालसम्म म संलग्न हुँदै आएका व्यवसायको कार्यकारी तथा पदीय भूमिका कानुनी रूपमा नै त्याग गरिसकेको छु। सरकारले राज्यमन्त्रीलाई उपलब्ध गराउने सेवा÷सुविधामध्ये सुरक्षाकर्मीबाहेक सवारीसाधन, आवास र तलबभत्ता लगायत कुनै पनि पारिश्रमिक, भत्ता र सुविधा नलिने घोषणा गर्दछु।

महामारीको कारणले सिर्जना भएको अत्यन्त प्रतिकूल अवस्थाका बाबजूद अग्रपंक्तिमा रहेर विशिष्ट काम गर्नुहुने चिकित्सक, नर्सलगायत सम्पूर्ण स्वास्थ्यकर्मी, सफाइकर्मी, स्वयंसेवक–स्वयंसेविका अतिरिक्त स्वास्थ्य क्षेत्र बाहिर पनि अग्रभागमा रहेर हरेक प्रकारका सेवा, शान्ति सुरक्षा, शव व्यवस्थापनमा खटिनुभएका सम्पूर्णमा हार्दिक आभार तथा नमन गर्दछु। यहाँहरुको अथक प्रयास र लगनशीलता तथा यहाँहरूले वहन गर्नुभएको जिम्मेवारीको मुक्तकण्ठले प्रशंशा गर्दछु। महामारी नियन्त्रण हामी सबैको साझा जिम्मेवारी भएकोले सबै सरोकारवाला निकायहरू तथा आम नेपाली जनसमुदायबाट सहयोगको अपेक्षा गरेको छु।

महामारी नियन्त्रणका लागि सर्वाधिक आवश्यक खोप उपलब्ध गराएका चीन, भारत, अमेरिका, बेलायत, विश्व स्वास्थ्य संगठन, विश्व बैंक लगायतका मित्र राष्ट्र तथा दातृ निकायहरूप्रति नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु, यसैगरी नेपाललाई आवश्यक थप खोप आपूर्ति र सहयोगका लागि नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट सम्पूर्ण मित्र राष्ट्र तथा दातृ निकायहरूप्रति हार्दिक अनुरोध गर्दछु ।

प्रतिक्रिया