Edukhabar
विहीबार, १५ चैत्र २०८०
गतिविधि

विद्यालय संख्या घट्यो, शिक्षक ३७ हजार ८ सयले कम

आइतबार, १५ जेठ २०७९

काठमाडौं - शैक्षिक सत्र २०७७ को तुलनामा देशभरमा विद्यालय र शिक्षकको संख्या घटेको छ । अघिल्लो शैक्षिक सत्रको तुलनामा १ हजार ३ सय ६ विद्यालय र ३७ हजार ८ सय ११ शिक्षक कम भएको शनिबार सार्वजनिक आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।   

शैक्षिक बर्ष २०७७ को कुल विद्यालय संख्या ३५ हजार ६ सय ७४ रहेकोमा १ हजार ३ सय ६ विद्यालय घट्न गई शैक्षिक सत्र २०७८८ मा कुल विद्यालयको संख्या ३४ हजा ३ सय ६८ पुगेको छ । विद्यालय बन्द तथा समायोजन भई यो संख्या घट्न गएको उक्त सर्वेक्षणमा उल्लेख छ । यी मध्ये २६ हजार ४ सय ५४ सामुदायिक र ६ हजार ७ सय ६० निजी विद्यालय तथा १ हजार १ सय ५४ धार्मिक विद्यालय रहेका छन् । 

जस मध्ये आधारभूत तहको कक्षा १–५ सञ्चालित विद्यालय ३४ हजार १ सय ३८ आधारभूत तहको कक्षा ६–८ सञ्चालित विद्यालय १७ हजार २ सय २८ र आधारभूत तहको कक्षा १–८ सञ्चालित विद्यालय ३४ हजार ३ सय ६ रहेका छन् । यसै गरी माध्यमिक तहको कक्षा ९–१२ सञ्चालित १० हजार ९ सय ६२ विद्यालय मध्ये ४ हजार ३ सय १० विद्यालयमा कक्षा ११–१२ सञ्चालन भएको छ । 

शैक्षिक सत्र २०७७ मा सामुदायिक र संस्थागत विद्यालयमा गरी कुल ३ लाख २० हजार ५ सय ७६ शिक्षक रहेकोमा शैक्षिक सत्र २०७८ मा यस्तो संख्या २ लाख ८० हजार ७ सय ६५ रहेको छ । सो मध्ये पुरुष र महिला शिक्षकको अनुपात क्रमशः ६१ दशमलब ०२ प्रतिशत र ३८ दशमलब ९८ प्रतिशत रहेको छ । अघिल्लो शैक्षिक सत्रमा यस्तो अनुपात ६० दशमलब ५ र ३९ दशमलब ५ प्रतिशत रहेको थियो । 

अघिल्लो शैक्षिक सत्रको तुलनामा चालु शैक्षिक सत्रमा आधारभूत तहमा विद्यार्थी संख्या वृद्धि भएको छ । गत बर्ष कोभिड १९ को प्रभावले विद्यार्थी संख्यामा कमी आएको सर्वेक्षणमा उल्लेख छ । शैक्षिक सत्र २०७८ मा सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा १ १२ मा अध्ययनरत कुल विद्यार्थीको संख्या ७० लाख ९२ हजार ९ सय ५९ रहेको छ । अघिल्लो शैक्षिक सत्रमा यस्तो संख्या ७० लाख ८२ हजार ३ सय ७९ थियो । 

शैक्षिक सत्र २०७८ मा विद्यालय तहमा अध्ययनरत कुल ७० लाख ९२ हजार ९ सय ५९ विद्यार्थी मध्ये आधारभूत तह कक्षा १–८ मा ५३ लाख २५ हजार ९ सय ८० र माध्यमिक तह  कक्षा ९–१२ मा १७ लाख ६६ हजार ९ सय ७९ विद्यार्थी रहेका छन् । 

विस्तृतमा अध्ययन गर्न आर्थिक सर्वेक्षण २०७८/०७९ पढ्नुहोस् :

 

प्रतिक्रिया