Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

शिक्षकको खुला विज्ञापन पुसबाट गर्ने गरी आयोगद्वारा बार्षिक कार्यतालिका सार्वजनिक

आइतबार, ०५ भदौ २०७९

भक्तपुर - आगामी पुस, माघ र फागुनमा शिक्षकको खुला विज्ञापन गर्ने गरी शिक्षक सेवा आयोगले बार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आईतबार सार्वजनिक गरिएको आगामी बर्षको कार्यतालिका अनुसार पुसमा माध्यमिक तहको, माघमा निम्न माध्यमिक तहको र फागुनमा प्राथमिक तहको शिक्षकको खुला विज्ञापन गरिने छ । 

उल्लेखित तीनै तहको सामान्य परीक्षा भने क्रमशः फागुन चैत र बैशाखमा हुने कार्यतालिका छ । यसै गरी अध्यापन अनुमतीपत्रको लागि आगामी चैत बैशाखमा विज्ञापनको सूचना सार्वजनिक गर्ने आयोगको कार्यतालिकामा उल्लेख छ । 

नयाँ पदाधिकारी नियुक्त भए सँगै गत बर्ष देखि बार्षिक कार्यतालिका सार्वजनिक गरेर आयोगले काम गर्दै आएको छ । गत बर्ष बनाईएको कार्यतालिका अनुसार लगभग सबै काम समयमै सम्पन्न भएको आयोगका सदस्य डा. डिल्लिराम रिमालले दावी गरे । 

'हामीले बनाएको कार्यतालिका अनुसार लगभग सबै काम सञ्चालन भईरहेका छन्' उनले भने 'कार्यतालिकामा उल्लेख भएर पनि नसकिएका काम निरन्तर जारी छन् हामी ती पनि सक्दै जान्छौं ।'

यस बर्ष गत जेठ असारमा भएको खुला तर्फको विज्ञापन अन्र्तगतको परीक्षाको कापी परीक्षणको काम जारी रहेको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए । दशैं अघि नै नतिजा सार्वजनिक गर्ने गरी पोहोर नै बनाईएको कार्यतालिका अनुसार नै काम भईरहेको उनले बताए । तीनैै तहमा गरेर १७ हजार ४ सय ५५ पदका लागि ४५ हजार परीक्षार्थीले परीक्षा दिएको आयोगले जनाएको छ । उनीहरुको परीक्षाका सबै काम सकेर पुसबाट नियुक्तिको सिफारिस गर्ने आयोगको योजना छ । 

प्रतिक्रिया