Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

शिक्षक महासंघ मार्फत् वार्तामा आउन आन्दोलनरत कर्मचारीलाई मन्त्रालयको आह्वान

आइतबार, १२ भदौ २०७९

काठमाडौं - विद्यालय कर्मचारीको आन्दोलन शुरु भएको ११ दिन पछि बल्ल शिक्षा मन्त्रालयले वार्तामा आउन औपचारिक आह्वान गरेको छ । नेपाल विद्यालय कर्मचारी परिषद्ले यस अघि नै एक साता विद्यालय बन्द गर्ने घोषणा गरेको पहिलो दिन आईतबार अबेर बल्ल मन्त्रालयले वार्ताका लागि आह्वान गर्दै परिषद्लाई पत्र पठाएको हो । 

यस अघि नै शिक्षक महासंघसँग भएको सहमतीमा कर्मचारीको माग समेत समावेश भएको र त्यो सहमती पुरा गर्न अन्य निकायसँग मन्त्रालयले समन्वय गरी समाधानको उपाय खोजि राखेको मन्त्रालयले स्मरण गराएको छ । 

'ज्ञापन पत्रमा उठाएको मागहरुका विषयमा नेपाल शिक्षक महासंघ मार्फत् छलफल तथा वार्तामा सहभागी हुन तथा हाल घोषणा गरिएको विद्यालय बन्दका कार्यक्रमहरु स्थगित गरी विद्यालयका दैनिक पठनपाठन सहज हुने वातावरण सिर्जना गर्न समेत मन्त्रालय अनरोध गर्दछ' मन्त्रालयले परिषद्लाई पठाएको पत्रमा भनिएको छ । 

सेवा सुविधामा विभेद भएको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुको आन्दोलनमा सद्भाव र समर्थन गर्नेहरु पनि आन्दोलनका कारण बालबालिकाको पढ्न पाउने अधिकार हनन् भएको भन्दै  आलोचना गरिरहेका छन् । कर्मचारीकै संगठनहरु बिचमा पनि मतभेद् देखिएको छ । 

पढ्नुहोस् : विद्यालय कर्मचारी आन्दोलनमा दुई धार, परिषद् बन्द गराउँदै, यूनियन बिरोधमा

आफूलाई अन्याय भएको आवेशमा बालबालिका माथि अन्याय नगरौं, कानून मानौं

प्रतिक्रिया