Edukhabar
बुधबार, १२ बैशाख २०८१
गतिविधि

वार्ता टोली गठन गर्ने भए पछि विद्यालय बन्दको आन्दोलन फिर्ता

सोमबार, १३ भदौ २०७९

काठमाडौं - सेवा सुविधाको माग सहित आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालय बन्दको आन्दोलन फिर्ता लिएको छ । सोमबार शिक्षा मन्त्रालयका प्रतिनिधि, शिक्षक महासंघ र परिषद्का प्रतिनिधि बीच भएको छलफलमा समस्या समाधान गर्न समिति बनाएर वार्ता गर्ने सहमती भए पछि परिषद्ले आन्दोलन फिर्ता लिएको जनाएको छ । 

परिषद्ले आइतबार देखि देशभरका सामुदायिक विद्यालय बन्दको आह्वान गरेपछि आईतबार अबेर मन्त्रालयले शिक्षक महासंघ मार्फत् वार्तामा आउन आह्वान गरेको थियो ।

शिक्षक महासंघ मार्फत् वार्तामा आउन आन्दोलनरत कर्मचारीलाई मन्त्रालयको आह्वान

सोही अनुसार भएको छलफल पछि परिषद्ले आन्दोलन फिर्ता लिएसँगै बन्द विद्यालय खुल्ने भएका छन् । परिषदले १८ गतेसम्म बन्द गर्ने घोषणा गरेको थियो । आफ्ना जायज माग पुरा गराउन बालबालिकाको पढ्न पाउने अधिकार हनन् गरेको भन्दै परिषद्को आन्दोलन प्रति आलोचना हुँदै आएको छ । 

आफूलाई अन्याय भएको आवेशमा बालबालिका माथि अन्याय नगरौं, कानून मानौं

विद्यालय कर्मचारी आन्दोलनमा दुई धार, परिषद् बन्द गराउँदै, यूनियन बिरोधमा

 

प्रतिक्रिया