Edukhabar
शनिबार, ०८ बैशाख २०८१
गतिविधि

गणित सिकाइ परीक्षण प्रतियोगिता

शुक्रबार, १६ मंसिर २०७९

भक्तपुर  - चाँगुनारायण नगरपालिकाका सामुदायिक विद्यालयमा भएको गणित विषय सिकाइ परीक्षण प्रतियोगितामा श्रीकृष्ण मावि प्रथम, महेन्द्रग्राम दोस्रो र सरस्वती मावि तृतीय भएको छ । कक्षा १, २ र ३ कक्षाको गणित विषयको सिकाइ उपलब्धि वृद्धि गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रम अन्तरगतको प्रतियोगितामा विद्यार्थीले सफलता प्राप्त गरेका हुन् ।

प्रतियोगितामा श्रीकृष्ण माविका डवल एस बि.क प्रथम,  महेन्द्र ग्राम माविका सुशील तामाङ दोस्रो,  सरस्वती माविका बिक्रम सुनुवार तेस्रो र फैढोका आधारभुत विद्यालयका आयुसा श्रेष्ठले सान्त्वना पुरस्कार प्राप्त गरे ।

नगरपालिकाका ३१ विद्यालयबाट ३१ जना विद्यार्थीको सहभागिता रहेको सो प्रतियोगिताका लागि प्रत्येक सामुदायिक विद्यालयले झण्डै एक महिना दैनिक १० मिनेट गणित सिकाइ परीक्षणका लागि अभ्यास गराइएको थियो ।

विद्यालयस्तरमा कक्षा ३ का सबै बालबालिकाहरुको सहभागितामा प्रतियोगिता गराइ उत्कृष्ट हुने विद्यार्थीलाई नगरपालिका स्तरीय प्रतियोगितामा सहभागी गराइ आयोजित स्पर्धाले गणित सिकाइका लागि सहयोग पुगेको नगरप्रमुख जीवन खत्रीले बताए ।

उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गर्दै नगरप्रमुख खत्रीले प्रतियोगिताको नतिजाले शिक्षक र विद्यालयलाईसमेत सिकाइको यथार्थ अवस्था र आगामी दिनमा शिक्षण क्रियाकलापमा सुधार गर्न थप पृष्ठपोषण प्राप्त भएको बताए ।

आइमिन परियोजना जाइकाको प्राविधिक सहयोगमा नगरपालिकामा सञ्चालन भइरहेको परियोजनाको सहयोगमा अन्य कार्यक्रम समेत संचालन गर्ने योजना रहेको परियोजना जिल्ला संयोजक  लक्ष्मी पाण्डेले बताइन् ।

सो प्रतियोगिताको मुल्यांकन शिक्षा शाखा अधिकृतद्वय दिनेश अर्याल र रन्जना सापकोटा तथा गणित विषय विज्ञ सोम कुमार श्रेष्ठले गरेका गिए ।

प्रतिक्रिया