Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

विद्यार्थी अभाव टार्न एक घर, एक स्नातक कार्यक्रम

विहीबार, १२ माघ २०७९

काठमाडौं - कीर्तिपुर नगरपालिकाले सामुदायिक कलेजमा विद्यार्थी अभाव टार्न एक घर, एक स्नातक कार्यक्रमको थालनी गरेको छ । नगरपालिका क्षेत्रमा रहेका सामु्दायिक कलेजमा विद्यार्थी संख्या घट्दै गएपछि पालिकाले सो अवधारणा ल्याएको हो । त्यसका लागि नगरपालिकाले स्नातक पढ्ने विद्यार्थीलाई मासिक शुल्कको जिम्मा लिएर नगर क्षेत्रकै सामुदायिक कलेजमा पढ्नुपर्ने नियम बनाएको छ ।

स्नातक पढ्नका लागि अन्यत्र धाउन नपरोस् र स्थानीय तहमै खुलेका कलेजमा पढ्न प्रेरित गर्नका लागि नगरपालिकाले सो कार्यक्रम सुरु गरेको नगरपालिकाको शिक्षा शाखाकी अधिकृत मन्दोदरी रिजालले बताइन् । अहिले सो कार्यक्रमबाट ४६ विद्यार्थी लाभान्वित भइरहेको उनले जानकारी दिइन् । उनले भनिन्, ‘नगरपालिकाले एक घर एक स्नातक कार्यक्रम लागू गरेसँगै नगरकै तीन कलेजमा विद्यार्थी पढिरहेका छन् ।’

उनले अहिले मानविकी, व्यवस्थापन र शिक्षा संकायमा विद्यार्थी अध्ययन गरिरहेको र तिनीहरुको मासिक शुल्कको जिम्मा नगरपालिकाले लिइरहेको जनाइन् । उनले त्यसरी पढेका विद्यार्थीको मासिक शुल्क अन्तर्गत ६० प्रतिशत नगरपालिका र ४० प्रतिशत कलेजले व्यहोरिरहेको बताइन् ।

अहिले सो कार्यक्रम कीर्तिपुरस्थित मंगल बहुमुखी क्याम्पस, शहीद स्मारक कलेज र जनाधार सामुदायिक क्याम्पसमा लागू भएको छ । 

सो कार्यक्रममा आर्थिक रुपले विपन्न विद्यार्थीलाई पनि सहयोग पुगेको छ । 

‘पैसा भएन भनेर पढ्न नपाएका विद्यार्थीले पनि पढ्न पाएका छन्’, उनले भनिन् ।

 

प्रतिक्रिया