Edukhabar
शनिबार, १५ बैशाख २०८१
गतिविधि

ईक्यानको रक्तदानमा ८२ पिन्ट संकलन

सोमबार, १४ मंसिर २०७२

काठमाडौं - रगतको अभावलाई पूर्ति गर्न नेपाल शैक्षिक परामर्श संघ ईक्यानले रक्तदान कार्यक्रम गरेको छ । रगत अभावको उपचारमा कठिनाई आएको समाचार सार्वजनिक भएपछि सामाजिक उत्तरदायित्व वहन गरेर कार्यक्रम आयोजना गरिएको ईक्यानले जनाएको छ । परामर्श ब्यवसायी तथा कर्मचारी तथा विभिन्न ब्यक्तिहरु गरी ८२ पिन्ट रगत संकलन भएको सचिव सन्तोष प्याकुरेलले जानकारी दिए । 

भुकम्पका कारण मारमा परेका जनताको उपचारमा नाकाबन्दीका कारण थप समस्या भएकोले कार्यक्रम गरेको संघका अध्यक्ष राजेन्द्र बरालले बताए । उनले रक्तदाता एवं कार्यक्रममा सहभागिहरुलाई धन्यवाद समेत ब्यक्त गरे ।

ईक्यानको अतिरिक्त कृयाकलाप विभागका संयोजक तथा केन्द्रिय सदस्य रमेश वाग्लको संयोेजकत्वमा कार्यक्रम भएको हो ।

प्रकाशित मिति २०७२ मंसिर १४ गते

प्रतिक्रिया