Edukhabar
विहीबार, ०६ बैशाख २०८१
गतिविधि

प्राध्यापक र कर्मचारी संघ गठन गर्न निर्देशन

मंगलबार, १५ मंसिर २०७२

सुर्खेत - मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले दुई महिना भित्र प्राध्यापक र कर्मचारी संघ गठन गर्न निर्देशन दिएको छ।   शिक्षा नियमावलीको संगठन तथा शैक्षिक प्रशासनिक नियमावली २०६९ को परिच्छेद २४ को नियम १४३ अनुसार मध्यपश्चिमाञ्चल विश्वविद्यालयले संघ संगठन गठन गर्न निर्देशन दिएको हो । 

प्राध्यापक संघ केन्द्रिय समिति गठन र परिच्छेद २५  को नियम १४४  अनुसार मध्यपश्चिमाञ्चल विश्वविद्यालय कर्मचारी संघ केन्द्रिय समिति गठन गर्ने निर्णय गरेको थियो ।  

सो निर्णय अनुसार नेपाल कर्मचारी संघको बिधान अन्तर्गत रही दुई महिना भित्र मध्यपश्चिमाञ्चल विश्वविद्यालय कर्मचारी संघ गठन गर्न निर्देशन दिइएको हो ।  

संगठन गठन प्रक्रियामा सहभागी हुन मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले विश्वविद्यालयमा क्रियाशील प्राध्यापक संघ संगठन र कर्मचारी संघ संगठनलाई पत्राचार समेत गरेको छ ।

(विष्णु खड्काबाट) 

प्रतिक्रिया