Edukhabar
शनिबार, १५ बैशाख २०८१
गतिविधि

हरेक बर्ष भर्ना गर्नु पर्ने व्यवस्था खारेजीको माग

बुधबार, ०६ बैशाख २०८०

काठमाडौं - बर्षौ देखि निरन्तर पढेका आफ्ना विद्यार्थीलाई हरेक बर्ष भर्ना गर्दै शुल्क उठाउने निजी विद्यालयको शैली प्रति संसदमा प्रश्न उठेको छ । हरेक बर्ष भर्ना गर्नु पर्ने त्यस्तो व्यवस्था खारेज गरी तहगत प्रवेशमा मात्रै भर्नाको व्यवस्था गर्न सत्ताधारी दल नेकपा माओवादी केन्द्की सांसद उर्मिला माझिले माग गरेकी छन् । बुधबार बसेको संसद बैठकको शुन्य समयमा बोल्दै उनले हरेक बर्ष पाठ्यपुस्तक फेर्ने र अभिभावकलाई आर्थिक बोझ पार्ने निजी विद्यालयको शैली प्रति पनि विरोध जनाएकी छन् । महँगो र असमान शिक्षाका कारण समाजमा गरिवि बढेको उनको तर्क छ । 

'निजी विद्यालयमा प्रत्येक बर्ष भर्ना गर्नु पर्ने व्यवस्था खारेज गरी तहगत प्रवेशमा मात्रै भर्नाको व्यवस्था गरियोस्' उनले भनिन् 'बर्षै पिच्छे नयाँ नयाँ किताव फेर्ने र कोर्स फेर्ने चलनको अन्त्य गरी न्यूनतम ३ बर्ष सम्म किताब फेर्न नपाउने व्यवस्था गरियोस् ।' 

नेपालको ईतिहासमै पहिलो पटक दूर दराजमा पाठ्यपुस्तक पुर्याउन सकेकोमा सरकारलाई धन्यवाद दिदैं उनले यसले समग्र शैक्षिक प्रणालीमा सकारात्मक प्रभाव ल्याउने उल्लेख गरिन् । 

बैठकमा सांसद सञ्जय गौतमले उच्च शिक्षा सुधारमा सरकारको ध्यान नगएको प्रति गुनासो गरेका छन् । २०७५ सालमा ७० हजारले स्नातक पास गरेकोमा ०७७ ०७८ मा ३० हजारमा पुगेको भन्दै उनले अहिले १ लाख २४ हजारले एनओसी लिएको स्मरण पनि गराए । यसले अरबौं रुपैंया सँगै भविष्य र सम्भावना पनि विदेश गएको उनको भनाई छ ।

'युवा पंक्ति रोक्न कारण र निदान खोज्नु पर्यो' उनले भने 'विद्यार्थीको आर्कषण विदेशी विश्ववद्यालयमा किन बढिरहेको छ ?'  

प्रतिक्रिया