Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

विद्यालयमा दलका कार्यक्रम भए प्रधानाध्यापकलाई कारवाही

विहीबार, १४ बैशाख २०८०

काठमाडौं - विद्यालय हाता भित्र राजनीतिक दल र उसका भातृ संगठनका कार्यक्रम गर्न काठमाडौं महानगरपालिकाले रोक लगाएको छ । पालिका भित्रका सबै विद्यालयहरुलाई बुधबार एक निर्देशन दिदैं महानगरले यस प्रकारका कार्यक्रम गरेको भेटिएमा प्रधानाध्यापकलाई विभागीय कारवाही हुने भन्दै चेतावनी दिएको छ । 

केही विद्यालयहरुमा राजनीतिक दल र उसका भातृसंस्थाहरुले कार्यक्रम गरेको उजुरी प्राप्त भएकोले यस्तो निर्देशन दिनु परेको महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले जनाएका छन् ।  

'यस महानगरपालिका भित्र सञ्चालित केही विद्यालयमा प्रचलित शिक्षा ऐन तथा नियमावली विपरित राजनीतिक दल र त्यसका भातृ संंगठनका कार्यक्रमहरु सञ्चालन गरेको सप्रमाण उजुरी प्राप्त भएको छ' महानगरको निर्देशनमा भनिएको छ, 'अब उप्रान्त कुनैपनि राजनीतिक दल र यसका भातृ संस्थाहरुका कार्यक्रम विद्यालय भित्र गर्न नदिन सूचीत गरिन्छ ।'

सामुदायिक विद्यालयका शिक्षक राजनीतिक दल आवद्ध भएका कारण आफ्ना दल र भातृ संगठनका कार्यक्रम विद्यालयहरुमा निर्वाध हँदै आएका छन् । यसैगरी निजी विद्यालय सञ्चालकहरुले आफ्नो राजनीतिक पहुँच देखाउन त्यस्ता कार्यक्रम आयोजनामा सघाउँदै आएका छन् । यसले गर्दा बालबालिकाको पठन पाठनमा असर परेको भन्दै आलोचना हुँदै आएको छ । 

प्रतिक्रिया