Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

सहमती बजेटमा समेटियो, शिक्षा मन्त्रालयमा छुट्टै ईकाई स्थापना गरिने

सोमबार, १५ जेठ २०८०

काठमाडौं - अनुसन्धान, नवप्रर्वतन र आविष्कारका लागि छुट्टै कोष स्थापना हुने भएको छ । आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले कुल बजेटको १ प्रतिशत बजेट अनुसन्धान,नवप्रवर्तन र आविष्कारको क्षेत्रमा विनियोजन गरेको उल्लेख गरेका छन् । 

यसका लागि शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा छुट्टै ईकाई स्थापना गरिने छ । डा. महावीर पुनसँगको सहमती पछि यो विषय बजेटमा समेटिएको हो । आत्मनिर्भर अर्थतन्त्रका लागि नवप्रवर्तनका लागि ७ अर्ब विनियोजन गरेको मन्त्री महतले बताए । 

सरकारले १ अर्बको नवप्रवर्तन कोष स्थापना गर्ने र यसका लागि कार्यविधि समेत निर्माण गरिने उनले उल्लेख गरे । 

४ बुँदे माग सहित राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनको अगुवाईमा गत बैशाख १५ गते अनुसन्धान, नवप्रवर्तन र आविष्कारका पक्षमा सामाजिक आन्दोलन शुरु भएको थियो । ४ बुँदे माग सहित माइतीघरमा शुरु धर्ना पछि सरकारका तर्फबाट त्यतिखेर कानून मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सहमतीपत्रमा हस्ताक्षर गरेका थिए । अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार सम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्ने र सोही कोषबाट अनुसन्धान तथा विकास, नवप्रर्वतन तथा आविष्कार सम्बन्धि कार्यमा लगानी गर्ने सहमती भएको थियो  । यसैगरी कोषको व्यवस्थापन तथा संचालन गर्न सङ्घीय संसदको आउँदो अधिवेशनमा विधेयक पेश गरी पारित गर्ने र सो विधेयकको मस्यौदा सरोकारवालाको परामर्शमा आगामी ६० दिनभित्र तयार गर्ने उक्त सहमति पत्रमा उल्लेख छ । 

सहमती पछि पुनले ४ दिने धर्ना स्थगित गरेका थिए । 

 

प्रतिक्रिया