Edukhabar
आइतबार, ०६ जेठ २०८१
विचार / विमर्श

एक देखि आठ, सिकौं कोणको पाठ

शनिबार, १६ असार २०८०
सर, विद्यार्थीलाई समानान्तर रेखा र कोणहरूको सम्बन्धबारे बुझाउन गाह्रो भयो के गर्ने होला ? 
 
अडियो पाठ मार्फत् विद्यार्थीको सिकाइमा संलग्न एक जना शिक्षक साथीले सिकाइमा आईपरेको चुनौतीका बारेमा फोनमा सोध्नु भयो । 
 
मैले सोधेँ : तपाईले कसरी सिकाउनु भयो र ? 
 
एकान्तर कोणहरु बुझाउनको आकार सँग, संगत कोणहरु बुझाउनको आकार र क्रमागत भित्रि कोणहरुको बारेमा बुझाउनको आकारसँग लिंक गरेको पनि विद्यार्थीलाई बुझाउन गाह्रो भयो सर !
 
मैले अडियो पाठमा यो चित्रको प्रयोग बनाउँदा कस्तो रेखाहरु बनाईन्छ भन्ने कुराले आकारको निर्माण हुने हुँदा यसको विकल्प खोज्नु पर्ने कुरा गरेँ । त्यस पछि उहाँका जिज्ञासा धेरै आयो । उहासँग भएको कुराकानीको मुख्य अंश यस्तो थियो :
 
प्रः के अडियो पाठबाट गणित सिक्न सकिन्छ ?
 
उः सकिन्छ । 
 
प्रः के गणितका सबै पाठहरु समेट्न सकिन्छ ?
 
उः सकिन्छ । 
 
प्रः के ज्यामिति पनि अडियो पाठबाट सिक्न र सिकाउन सकिन्छ ?
 
उः सकिन्छ ।
 
प्रः के विद्यार्थीले ज्यामितिका पाठ अडियो पाठको माध्यमबाट पनि अन्य पाठ जस्तै बुझ्छन् त ?
 
उः पढाउन सकिन्छ । विद्यार्थीमा सिकाइ प्रति कत्तिको रुची छ र शिक्षकले सिकाउन कत्तिको जाँगर गर्छ भन्ने कुराले पनि सिकाइमा असर गरि हाल्छ । अडियो सिकाइ कत्तिको प्रभावकारी हुन्छ भन्ने अनुसन्धानकै विषय हो । यसको परीक्षण गरीसके पछि बल्ल हामी गणितमा अडियो कक्षा कत्तिको प्रभावकारि हुन्छ भन्न सक्छौं ।
 
प्रः के ज्यामितिका बिषय बस्तुहरू अडियोमा परम्परागत शैलीमा मात्रै नभई नयाँ तरिकाले पाठ पढाउने गरी अन्वेषण गर्न सकिँदैन ?
 
उः सकिन्छ । 
 
प्रः कसरी ? 
 
उः गणितीय  वा ज्यामितीय पाठमा विद्यार्थीले पाठ सुन्दै काम गर्दै गर्ने गरी पाठहरू निर्माण गर्न सकिन्छ । 
 
प्रः त्यो त पुरानै भयो । अलि नयाँ केहि छैन ?
 
उः हुन सक्छ ।  
 
प्रः के कसरी ? 
 
उः रेखाहरुमा बनेका कोणहरूको सम्बन्धलाई एउटा कविता बनाएर पढाएर हेरौँ न त । 
 
प्रः के यो अडियो पाठको लागि मात्रै हो ? 
 
उः जुन सुकै माध्यमबाट पढाउँदा पनि यो कविताको प्रयोग गर्न सकिन्छ ।   
 
शिक्षक साथीहरु, कोभिडका कारण बालबालिकाको सिकाइमा भएको क्षतीलाई सहयोग गर्न एडुखबरले शुरु गरेको आईभिआर अडियो पाठ निर्माणमा संलग्न हुँदा र यसको प्रयोगका क्रममा आईपरेका चुनौतीका सन्दर्भमा भएको माथिको वार्तालाप पछि गणित सिकाइमा थप सरल उपायको खोजी गर्ने क्रममा कविता सहयोगी हुने अपेक्षा गरेको छु । 
 
गणितमा प्रयोग हुने रेखा र कोणहरुको पाठ पढाउन यो कविताको प्रयोग गरी हेरौं, र यसको प्रभावकारिताको अध्ययन हामी सबै मिलेर गरौं । यसको प्रभावकारिता कस्तो भयो ? के के बिषयवस्तु कसरी सिकाउन सकियो र के के कुरामा के कस्तो सुधार गर्नु पर्दछ भन्ने कुराको आव्हान सहित यो कविता लेखेको हुँ : 
 
खिच्नु तेर्सो बनाऊन दुई सिधा रेखा 
काट्नु यी खिची एक छड्के ठाडो रेखा
शुरू गर्न वाँया माथिको कोण छानम्
तयार भई कोणको नाम लेखम् 
 
एक दुई तिन चार लेख्दा  लेख्दै
वाँया, दाँया, तल र वाँया सर्दै सर्दै 
बने माथिल्लो रेखामा चार कोण
सबे जोडे हुने चारै समकोण 
 
पाँच छ सात आठ तल्लोमा लेख्दै 
वाँया, दाँया , तल र वाँया सर्दै सर्दै 
बने तल्लो रेखामा चार कोण
सबे जोडे हुने चारै समकोण 
 
एक दुई सात र आठ हुन्छन् बाहिरी कोण
तीन चार पाँच छ हुने हुन् भित्री कोण 
जोड्नु चार निकाल्नु संगतकोण जोडि चार 
रेखा समानान्तर हुन्छन् कोण बराबर 
 
तीन चार पाँच छ 
दुई जोडी निकाल्नु छ । 
तीन र छ एक भए चार र पाँच हुन्छ अर्को जोडी 
यिनिहरु हुन्छन् एकैतिर बन्छन् क्रमागतको जोडी 
 
तीन चार पाँच छ 
दुई जोडी निकाल्नु छ । 
तीन र पाँच एक भए चार र छ हुन्छ अर्को जोडी 
यिनिहरु हुन्छन् दुबैतिर बन्छन् एकान्तरको जोडी 
 
चार जोडे संगतकोण दुई जोडे एकान्तर 
रेखा समानान्तर कोण बराबर 
चार जोड्दा पुरै लिनु आधा लिनु दुई जोड्दा 
भित्रि रोज्ने बाहिरी छाड्ने गर्दा हुन्छ आधा 
 
भित्री जोडी छुट्टयाउँ ठाडो गरी  
जोड्दै जान्छौं बन्छन् दुई समकोणी 
ख्याल गरौं रेखा समानान्तर 
यी कुरा हुन्छन् साँचो निरन्तर
 
यो कवितालाई तपाईँ आफ्नो कक्षामा पनि प्रयोग गर्नुहोस् र त्यसको प्रतिक्रिया मेरो इमेलमा पठाउनु होला है : [email protected]
 
 - पोख्रेल, माहिडोल विश्वविद्यालय थाइल्याण्डबाट साईन्स एण्ड टेक्नोलोजि एजुकेशनमा विद्यावारिधी गर्दै छन् । हाल उनी www.edukhabar.com ले Support to Student Learning through Interactive Voice Recording system - IVR शिर्षकमा विद्यार्थीको सिकाइको अवस्था अध्ययनका लागि गरिरहेको Remote Learning Program for School Children in Nepal कार्यक्रममा अडियो कक्षा निर्माण समूहको गणित विषय विज्ञका रुपमा पनि संलग्न छन् । 

प्रतिक्रिया