Edukhabar
सोमबार, ०७ जेठ २०८१
गतिविधि

यी हुन् मावि अध्यापन अनुमतिपत्रको लिखित परीक्षाका लागि तोकिएका केन्द्र (सूचीसहित)

आयोगले रोल नम्बरको आधारमा परीक्षा केन्द्र तय गरेको हो ।

शनिबार, ०९ भदौ २०८०

काठमाडौं ।  शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको परीक्षा केन्द्र तोकेको छ ।  आयोगले रोल नम्बरको आधारमा परीक्षा केन्द्र तय गरेको हो ।  आयोगले यही भदौ २३ गते बिहान ११ बजेदेखि परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । 

आयोगले कोशी प्रदेशमा मोरङ, मधेश प्रदेशको धनुषा, बागमती प्रदेशको काठमाडौँ र मकवानपुर, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलालीमा परीक्षा केन्द्र निर्धारण गरेको छ ।

परिक्षाकेन्द्र कहाँ पर्यो हेर्न लिंक थिच्नुहोस् : https://drive.google.com/file/d/1COewJFA5bgnmc2LtBCpzt69AHZ5ss1dy/preview

प्रतिक्रिया