Edukhabar
शनिबार, २२ बैशाख २०८१
खबर/फिचर

शिक्षक आन्दोलन : एकाथरीसँग सहमती, अर्काथरी फेरी सडकमा !

राजनीतिक दल र नेताहरुका स्वार्थ र पहुँचका आधारमा बाँडिएको राहत कोटा  मध्ये केही कोटा तत्कालिन जिल्ला शिक्षा कार्यालयका कर्मचारीका भागमा समेत, त्यसैले राहत शिक्षक मध्ये अधिकाँश नेता र शिक्षा मन्त्रालयका कर्मचारीका आफन्त रहेको भन्दै आलोचना

शनिबार, ०६ असोज २०८०

काठमाडौ - विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौ केन्द्रित आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघले सरकारसँग सहमती गरे पनि राहत शिक्षकहरुले काठमाडौमा प्रदर्शन जारी राखेका छन् । महासंघले गरेको सहमती प्रति विमती जनाउँदै उसले काठमाडौमा प्रर्दशन गरेको छ । 

उक्त सहमतीको बुँदा नम्बर २ को ट मा राहत लगायतका शिक्षकलाई स्थायी गर्न आन्तरिक तर्फ ७५ प्रतिशत कायम गर्ने र २५ प्रतिशत खुला हुने उल्लेख छ । यसको विरुद्धमा  नेपाल राहत शिक्षक केन्द्रीय समितिले प्रर्दशन जारी राखेको हो । 

राहत लगायत साविक उच्च मावि, अनुदान कोटा, विशेष शिक्षक, छुट अस्थायी करार, प्राविधिक धार र शिक्षण सिकाइ अनुदान कोटामा कार्यरत शिक्षकको सिमित प्रतिस्पर्धा सम्बन्धि व्यवस्थालाई एक पटकका लागि आन्तरिक तर्फ ७५ प्रतिशत कायम गर्ने सहमती भएको छ । शुक्रबार बेलुका भएको सहमती लगत्तै उक्त सहमती प्रति बिमती जनाएकोसमितिले शिक्षा मन्त्रीको राजिनामा मागेको छ । यस अघि सडक प्रर्दशनमा महासंघले पनि मन्त्रीको राजिनामा मागेको थियो । 

राहत शिक्षक नियुक्तिको शुरुमा राजनीतिक दल र नेताहरुका स्वार्थ र पहुँचका आधारमा कोटा बाँडिएको थियो । ती कोटा मध्ये केही कोटा तत्कालिन जिल्ला शिक्षा कार्यालयका कर्मचारीका भागमा समेत परेको थियो । त्यसैले यसरी नियुीक्त भएका शिक्षकहरु मध्ये अधिकाँश नेता र शिक्षा मन्त्रालयका कर्मचारीका आफन्त रहेको भन्दै आलोचना हुँदै आएको छ । 

प्रतिक्रिया