Edukhabar
शनिबार, १२ साउन २०८१
गतिविधि

एडुखबरको कार्यकारी सम्पादकमा श्रेष्ठ

आइतबार, १० मंसिर २०८०

काठमाडौ - एडुखबर डट कमको कार्यकारी सम्पादकको जिम्मेवारी पत्रकार मकर श्रेष्ठले सम्हालेका छन् । विगत १७ बर्ष देखि पत्रकारिता गर्दै आएका श्रेष्ठ पछिल्लो समय कान्तिपुर दैनिकमा आवद्ध थिए । 

एडुखबरको सञ्चालक संस्था पी एण्ड पी मल्टिमिडियाको गत मंसिर ५ गतेको निर्णय अनुसार श्रेष्ठलाई उक्त जिम्मेवारी दिईएको संस्थाले जनाएको छ । शिक्षा विषयमा दख्खल श्रेष्ठले जिम्मेवारी सम्हालेसंगै एडुखबर थप जिम्मेवार सञ्चार माध्यमका रुपमा गतिशील हुने विश्वास लिएको संस्थाले जनाएको छ । 

'शिक्षा क्षेत्रका वहुआयामिक कोणका बारेमा गहिरो वोध भएका श्रेष्ठलाई सहकर्मीका रुपमा पाउँदा एडुखबर थप प्रभावकारी हुने विश्वास लिएका छौं' विज्ञप्ति जारी गर्दै संस्थाले भनेको छ 'उहाँ एक कुशल पत्रकार हो, उहाँको बाईलाईनमा छापिएका समाचारले नीतिगत रुपमै सकारात्मक प्रभाव पारेको बारे नीति निर्माता मात्रै हैन समग्र समाज जानकार छ ।' 

समाजका हरेक विषयको गहिराई पर्गेल्ने क्षमता भएका पत्रकारको आगमनसँगै संस्थाले विगत १० बर्ष सम्म अपनाएको सम्पादकीय निष्पक्षता, तथष्टता र गरिमा कायम राख्दै थप उचाई हासिल गर्नेमा विश्वस्त रहेको संस्थाले जनाएको छ । 

एडुखबरको प्रकाशन २०७० साल फागुन १६ गतेबाट आरम्भ भएको हो । 

प्रतिक्रिया