Edukhabar
सोमबार, ०७ जेठ २०८१
खबर/फिचर

एनओसीको सर्भर चार दिन देखि डाउन, सेवा लिन पुगेका विद्यार्थी नारावाजीमा

यतिका दिन सम्म पनि नबनाउनु भनेको विद्यार्थी प्रति शिक्षा मन्त्रालय संवेदनशील नभएको विद्यार्थीको तर्क, एनओसी शाखामा विद्यार्थीको भिडभाडको फोटो सहित

आइतबार, ०१ पुस २०८०

भक्तपुर - विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई आवश्यक पर्ने नो अब्जेक्सन लेटर (एनओसी) दिने शाखाको सर्भर डाउन भएको चार दिन बितिसक्दा पनि नबनाए पछि सेवा लिन गएका विद्यार्थी नारावाजीमा उत्रिएका छन् । गत बिहीबार देखि सेवा अवरुद्ध भए पछि विद्यार्थी आक्रोशित भएका हुन् । 

दैनिक एक हजारको हाराहारीमा विद्यार्थी पुग्ने शिक्षा मन्त्रालय अन्र्तगतको वैदेशिक अध्ययन अनुमति शाखा सानोठिमीले गत शुक्रबार विहान ६ बजेको समयमा सर्भर डाउन भएको सूचना टाँस गरेको छ । सर्भर बन्ना साथ सेवा शुरु हुने सूचनामा उल्लेख भए पनि कहिले बन्ने हो टुगों नभए पछि विद्यार्थीले नारावाजी गरेका हुन् । खास गरी भिसा लागेर फ्लाईटको समय भईसकेका विद्यार्थी मारमा परेका छन् । बिग्रिएको यतिका दिन सम्म पनि नबनाउनु भनेको विद्यार्थी प्रति शिक्षा मन्त्रालय संवेदनशील नभएको विद्यार्थीको तर्क छ । 

तर शाखा प्रमुख शान्तिराम पौडेल भने सेवा सञ्चालनमा सकृय रहेको दावि गर्छन् । डाटा फुल भएपछि हार्ड डिक्स परिवर्तन गर्न खोज्दा पहिलाको सबै डाटा हराएको र त्यो रिकभर गर्न समय लागेको उनको भनाई छ । 
विद्यार्थीको नारावाजी बढ्दै गए पछि शाखा आसपासमा प्रहरीको उपस्थिती बाक्लो बनाईएको छ । 

शाखामा भएको भिडभाड हेर्नुहोस्  :

NOC_01NOC_1NOC_2NOC_3NOC_4NOC_5
 

प्रतिक्रिया