Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
गतिविधि

तेस्रोलिंगीबारे बुझ्दै शिक्षक

विहीबार, १७ मंसिर २०७२

ललितपुर - यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले आफ्ना समुदाय प्रति हुने भेदभाव बारे शिक्षक र विद्यार्थीलाई जानकारी गराएको छ । बुधबार ललितपुर खोकनाका रुद्रायणी माध्यमिक बिद्यालय र युवा प्रतिभा विद्या मन्दिरमा भएको कार्यक्रममा शिक्षकहरुले समलिंगी, तेस्रोलिंगी र अन्तरलिंगी विद्यार्थी मैत्री वातावरण निर्माण गर्ने प्रतिवद्धता समेत जनाए ।

रुद्रयाणी माविका प्रधानाध्यापक एवं नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम थापाले यो समूदायबारे आफूहरुमा रहेको भ्रम हटेको वताए । युवा प्रतिभा विद्या मन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक यज्ञराज दाहालले यो समूदायलाई नजिकबाट बुझ्न पाएकोमा खुशी व्यक्त गरे ।

युनेस्कोको सहयोगका नील हिरा समाजले संचालन गरेको पर्पल माई स्कूल अभियानमा सहभागी विद्यार्थीले पनि यो समूदायका विद्यार्थीलाई माया गर्ने र विभेद, भेदभाव तथा दुरव्र्यवहार हुन नदिने प्रतिवद्धता जनाए ।
नेपालका लागि युनेस्कोका प्रतिनिधि क्रिष्टियन म्यानहार्टले यो समूदाय भएकै कारण धेरैले पढ्न नपाएको mिेला परेको भन्दै  यस्तो अवस्थाको अन्त्य हुनुपर्ने बताए । नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले समलिंगी तेस्रोलिंगी अन्तरलिंगी मैत्री विद्यालय निर्माण हुनु पर्ने अभियान लिएर विद्यालय केन्द्रित कार्यक्रम गरेको वताइन् ।

कार्यत्रलममा तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठ, नील हिरा समाजको दिवा परियोजनाका संजय शर्मा, तेस्रोलिंगी महिला आकाक्षां तिम्सिना र तेस्रोलिंगी पुरुष ऐलेन भण्डारी, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका भरत श्रेष्ठ लगायतले उक्त समूदाय माथि समाजमा रहेको नकारात्मक सोच अन्त्य गर्न शिक्षक, शिक्षिका र विद्यार्थीको महत्वपूर्ण भूमिका रहने वताए ।

प्रकाशित मिति २०७२ मंसिर १६ गते

प्रतिक्रिया