Edukhabar
आइतबार, २८ मंसिर २०८२
गतिविधि

विद्यार्थीलाई सजाय दिने डीआई नराख्न निर्देशन

शुक्रबार, ०६ पुस २०८०

काठमाडौं-काठमाडौँ महानगरपालिकाले विद्यालयमा अनुशासन कायम गर्न डीआई नराख्न आग्रह निर्देशन दिएको छ । विद्यालयले अनुशासन कायम राख्ने भन्दै अनुशासन इन्चार्ज (डीआई) राख्ने गरेको थियो । 

विद्यार्थीलाई शारीरिक सजाय समेत दिएको गुनासो आएपछि डीआई नराख्न निर्देशन दिनु परेको महानगरका शिक्षा प्रमुख सीताराम कोइरालाले बताए । 

‘अनुशासन कायम राख्न भन्दै अनुशासन इन्चार्ज राख्ने गरेको र त्यस्तो व्यक्तिले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक पले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजायसमेत दिने गरेको विषयमा गुनासो प्राप्त भएको छ,’उनले जारी गरेको परिपत्रमा भनिएको छ,‘ विद्यार्थीमैत्री सिकाइ वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज राख्ने व्यवस्था नगर्नु नगराउनु हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ ।’ 

 

प्रतिक्रिया