Edukhabar
विहीबार, ०३ जेठ २०८१
गतिविधि

पाठ्यपुस्तक छपाई : निजीलाई ४ कक्षासम्म, जनकलाई ५ देखि १२ कक्षासम्मको जिम्मेवारी

विहीबार, १९ पुस २०८०

काठमाडौं -शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनक शिक्षा सामाग्री केन्द्रलाई यसपालि कक्षा ५ देखि १२ कक्षासम्मको पाठ्यपुस्तक छाप्न दिने निर्णय गरेको छ । अघिल्लो वर्ष ६ देखि १२ सम्मको मात्रै जिम्मेवारी दिएको हो । अघिल्लो वर्ष बेलैमा पाठ्यपुस्तक पु¥याएको भन्दै यसपालि थप अर्को कक्षाको पनि पुस्तक छपाइको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ । 

निजी पुस्तक प्रकाशनको अधिकार भने यस वर्ष खुम्च्याइएको छ । निजी प्रकाशनले यसपालि १ देखि ४ कक्षासम्मको पुस्तक मात्रै छाप्न पाउने भएको छ । जनक शिक्षाले १ देखि १२ कक्षासम्मको पाठ्यपुस्तक छपाई गर्न सक्ने बताए पनि विगतको भन्दा बिस्तारै कक्षा थप गरेर किताब छपाइको जिम्मेवारी दिन लागेको मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बताए । 

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकाल सुरु भएपछि बेलैमा पाठ्यपुस्तक वितरण गरेको भने पनि शिक्षामन्त्री अशोक राईले भने यस वर्षको पाठ्यपुस्तक कसलाई छाप्न दिने भन्ने निर्णय गर्न आनाकानी गरिरहेका थिए । पुस्तक छपाइमा ढिलाइ भएको भन्दै चौतर्फी विरोध भएपछि मन्त्रीले बुधवार निजीलाई १ देखि ५ सम्म र जनकलाई ६ देखि १२ सम्म छपाई गर्न दिने निर्णय गरेका  हुन  । 

पाठ्यक्रम विकास केन्द्रले कातिकमै निर्णयको लागि मन्त्रालयमा पठाएपनि बेलैमा निर्णय गर्न सकेको थिएन । मन्त्रालयले निर्णय नगरेपछि जनक शिक्षा सामाग्री केन्द्रले कक्षा ३ को एक लाख थान पाठ्यपुस्तक समेत छपाई गरिसकेको छ । 

 

 

प्रतिक्रिया