Edukhabar
सोमबार, ०७ जेठ २०८१
खबर/फिचर

शिक्षा मन्त्रालयको २४ घण्टे निर्देशन केएमसीद्वारा अवज्ञा

मंगलबार, २४ पुस २०८०

काठमाडौं - आफ्नै विद्यार्थीलाई निलम्बन गर्ने काठमाडौं मेडिकल कलेजले शिक्षा मन्त्रालयले दिएको २४ घण्टे निर्देशन अवज्ञा गरेको छ । 

कलेजमा अध्ययनरत विद्यार्थी डा. विशद दाहालको निलम्बन तत्काल फुकुवा गर्न शिक्षा मन्त्रालयले दिएको निर्देशन अवज्ञा गरे पछि शिक्षा मन्त्री अशोक कुमार राईले काठमाडौं विश्वविद्यालयका उपकुलपतिलाई पत्र पठाएर निर्देशन दिएका हुन् । 

'हेल्थ क्याम्प, फिल्ड भिजिट सम्बन्धि कार्यविधि तर्जुमा भए पछि मात्रै स्वास्थ्य शिविरमा विद्यार्थीलाई खटाउने कार्य गर्नु गराउनु हुन र निलम्बित विद्यार्थी डा. विशद दाहालको निलम्बन तत्काल फिर्ता गरी कलेजमा स्वस्थ शैक्षिक वातावरण तयार गराउन काठमाडौं विश्वविद्यालय ऐन २०४८ को दफा १३ क उपदफा ३ बमोजिम निर्देशन दिएको छु' उक्त पत्रमा भनिएको छ । 

मन्त्रालयको सोमबार बसेको बैठकले मंगलबार १२ बजेभित्र निर्णय कार्यान्वयन गर्न निर्देशन दिएपनि वेवास्ता गरेको सचिव सुरेश अधिकारीले बताए । 

‘आज १२ बजेसम्मको समय दिएका थियौ । कुनै जवाफ दिएन,’उनले भने । 

कलेजले गर्ने स्वास्थ्य शिवीर मनलाग्दि रुपमा सञ्चालन हुँदै आएको भन्दै प्रश्न उठाएकै भरमा  कलेजका रेजिडेन्ट डाक्टर दाहाललाई प्रशासनले कलेजको नीति विरुद्ध लागेको आरोप लगाउँदै एक महिनाका लागि निलम्बन गरेको घोषणा गरेको थियो । उक्त कार्यको चौतर्फि आलोचना हुँदै आएको छ । 

यो खबर पनि पढ्नुहोस् : केएमसीले शिक्षा मन्त्रालय चलाएको कि मन्त्रालयले केएमसी ?

प्रतिक्रिया