Edukhabar
सोमबार, ०७ जेठ २०८१
खबर/फिचर

एडुखबरमा प्रकाशित समाचारको संसदीय समितिमा वैधानिकता खोजी

शिक्षा मन्त्रालयलाई दिएको निर्देशनमा आपत्ती जनाउदै रास्वपाले निर्देशनको आधिकारिकता बारे जानकारी माग गरेको हो ।

आइतबार, ०७ माघ २०८०

काठमाडौं - प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले कानुन विपरीत मापदण्ड नपुगेर तीन वर्ष अघि बन्द भइसकेका ६४ वटा नर्सिङ कलेजका नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिएको निर्देशनको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैधानिकता खोजी गरेको छ ।  

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई दिएको निर्देशनमा आपत्ती जनाउदै समितिको आइतबार बसेको बैठकमा रास्वपा सांसद  सुमना श्रेष्ठ र डा. तोसिमा कार्कीले समिति सभापति भानुभक्त जोशी समक्ष निर्देशनको आधिकारिकता बारे जानकारी माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् ।  

 समितिले दिएको निर्देशन कानुन विपरीत भएको भन्दै एडुखबरले समाचार प्रकाशित गरेको थियो ।

समाचार पढ्नुहोस् : स्वार्थ पुरा गर्न कानुन मिचेर संसदीय समितिको निर्देशन [पत्र सहित]

एडुखबरमा शुक्रबार छापिएको पत्र सहितको समाचार उदृत गर्दै उक्त ध्यानाकर्षण पत्र बुझाईएको छ । 

'समितिको सचिव श्री निर्मलादेवी लामिछाने (वस्ती) को दस्तखतमा शिक्षा मन्त्रालयलाई निर्देशन र सुझाव भन्ने विषय राखी पठाएको पत्र समाचारमा पढ्यौं । सो पत्र समाचारमा प्रेषित गर्न प्रतिनिधिसभा नियमावलीको नियम १८४ बमोजिम साथै समितिको कार्यविधि नं. १० (२) अन्र्तगत समिति निर्णय गर्नु पर्ने हामीलाई लाग्दछ' पत्रमा भनिएको छ, 'यस कारण पत्रको वैधानिकता र कुन अधिकार प्रयोग गरि सो पत्र प्रेसित गरियो भन्ने बारे जानकारी माग गर्दछौंं ।' 

यदि एडुखबर डटकमको समाचार वैधानिक छैन भने उक्त समाचारको खण्डन गरी विज्ञप्ती सम्प्रेण गर्न समेत उक्त पत्रमा माग गरिएको छ । 

यस विषयमा एडुखबरले लेखेको सम्पादकीय पनि पढ्नुहोस् :

स्वार्थबाट 'परिचालित' हुन छाड 

 

प्रतिक्रिया