Edukhabar
सोमबार, ०७ जेठ २०८१
गतिविधि

उच्च शिक्षा विधेयकको मस्यौदा सार्वजनिक, सुझाव दिन १५ दिनको म्याद [मस्यौदा सहित]

विधेयकलाई समृद्ध बनाई नेपालको उच्च शिक्षालाई अझ बढी व्यवस्थित र प्रभावकारी बनाउने योजना अनुसार सुझाव माग गरेको शिक्षा मन्त्रालयले जनाएको छ ।

सोमबार, ०८ माघ २०८०

काठमाडौं - शिक्षा मन्त्रालयले उच्च शिक्षा विधेयकको मस्यौदा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विधेयकको मस्यौदामा त्रिभुवन विश्वविद्यालय बाहेकका प्रादेशिक विश्वविद्यालयको कुलपति शिक्षामन्त्री र मुख्यमन्त्री रहने प्रस्ताव गरिएको छ । कुलपतिमा प्रधानमन्त्री हुँदा राजनीतिक हस्तक्षेप बढेको भन्दै आलोचना भईरहे पनि  त्रिभुवन विश्वविद्यालयमा कुलपति प्रधनमन्त्री नै रहने विधेयकले प्रस्ताव गरेको छ ।

विधेयकमा विश्वविद्यालयहरु सञ्चालनका लागि उच्चशिक्षा ऐन मार्फत नियमन गर्ने प्रस्ताव छ । 

उच्च शिक्षा सम्बन्धि कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकको प्रारम्भिक मस्यौदा माथि सुझाव दिन मन्त्रालयले सार्वजनिक आह्वान गरेको छ ।

१५ दिन भित्र सुझाव दिन सकिने गरी मन्त्रालयले आफ्नो वेवसाईटमा फारमको ढाँचा पनि सार्वजनिक गरेको छ । 

स्वदेश तथा विदेशमा रहेका उच्च शिक्षाका विषयमा जानकार र सरोकारवालाहरुले सुझाव दिन सकिने मन्त्रालयले जनाएको छ । त्यस्ता सुझावले विधेयकलाई अझ बढी समृद्ध बनाउन मद्दत पुग्ने मन्त्रालयको विश्वास छ ।

सैद्धान्तिक सहमतिका लागि भन्दै शिक्षाले कानुन मन्त्रालय पठाएको विधेयकलाई सरोकारवाला पक्षसँग रायसुझाव र परामर्श लिएर मात्रै अघि बढाउन सुझाव दिए पछि दुई महिना अघि शिक्षा मन्त्रालय फिर्ता आएको थियो । त्यस अघि छलफलै नगरी विधेयक अघि बढाएको भन्दै सरोकारवालाहरुले शिक्षा मन्त्रालयप्रति असन्तुष्टि जनाउँदै आएका थिए । 

मस्यौदा जस्ताको त्यस्तै :


 

प्रतिक्रिया