Edukhabar
शनिबार, १२ साउन २०८१
गतिविधि

‘नर्सिङ र मेडिकल कलेज बन्द भएपछि बाध्य भएर विदेश गएका हुन्’

बुधबार, २४ माघ २०८०

काठमाडौं–एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले स्वदेशी नर्सिङ कलेज र मेडिकल कलेज बन्द गरेको कारण नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न विदेश जाने गरेको बताएका छन् । 

‘देशमा भएका नर्सिङ कलेज, मेडिकल कलेज बन्द गर्ने, राज्यले अर्बौ लगानी गरेको गेटा मेडिकल कलेजलाई सञ्चालन गर्न नदिने अनि नेपाली विद्यार्थी पढ्नको लागि विदेश जानु पर्ने ? यो भन्दा दुर्भाग्य के हुन सक्छ ?,’प्रतिनिधिसभाको बुधवारको बैठकमा गिरीले भने,‘कसको स्वार्थ पुरा गर्न सरकार लागि रहेको छ ?’ सरकारको असफलता, भ्रष्टाचार र तस्करी काण्डबाट वितृष्णा भएर युवाहरू विदेश अध्ययनमा गएको उनको दाबी छ ।

‘देशभित्र रोजगारी नपाएर पढ्ने वातावरण नभएको कारणले र भएका शैक्षिक संस्था बन्द गराइएको कारणले नेपाली विद्यार्थी विदेश अध्ययन गर्न बाध्य भएर जानु परेको छ,’उनले भने,‘उनले भने,‘ चाह्यो भने अमेरिका, बेलायत, भारत जान सक्छ । त्यो ठुलो कुरा होइन भनेर हामी आम जनतालाई भन्ने गरेका छौ । यस्तो होइन ।’

 

प्रतिक्रिया