Edukhabar
बुधबार, १९ मंसिर २०८१
गतिविधि

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिको पनि खुला विज्ञापन

व्यक्तिगत विवरण, अध्ययन अनुभव, अनुसन्धानमूलक लेख लगायत पेस गरेर सर्टलिष्ट भएपछि मात्रै सोचपत्र र विश्वविद्यालयको चार वर्षिय योजना पेस गर्नु पर्ने हुन्छ ।

शुक्रबार, २६ माघ २०८०

काठमाडौँ– सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति छनौट समितिले शुक्रवार उपकुलपतिको खुला विज्ञापन गरेको छ । 

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारी, शिक्षा सचिव सुरेश अधिकारी र योजना आयोगका शिक्षा हेर्ने सदस्य रमेशचन्द्र पौडेल रहेको छनौट समितिले उपकुलपति छनौटको कार्यविधि बनाएर विज्ञापन गर्ने निर्णय गरेको हो । 

मध्यपश्चिम विश्वविद्यालयमा प्रा. नन्दबहादुर सिंह ०७६ फागुन १८ मा नियुक्त भएका थिए । उनको कार्यकाल सकिनु अघि नै नयाँ उपकुलपति छनौट प्रक्रिया अघि बढाएको हो । 

यसअघि भएको त्रिवि र पूर्वाञ्चल विश्वविद्यालयको विज्ञापनमा दर्खास्त,सोच पत्र र चार वर्षीय बिजनेस प्लान एकै पटक पेस गर्ने प्रावधान राखेको थियो । सुदूरपश्चिम विश्वविद्यालयमा भने निवेदन, शैक्षिक योग्यता, अनुभव, शैक्षिक योग्यता, अनुभव, प्राज्ञिक अनुसन्धान परियोजना, समकक्ष समिक्षित जर्नल तथा र्याङक जर्नलमा प्रकाशित अनुसन्धानमूलक लेख, विश्वविद्यालयमा कुनै स्वार्थ नभएको स्वघोषणा प्रमाण पहिलो चरणमा पेस गर्नु पर्ने प्रावधान राखेको छ । पहिलो चरणमा पेस गरेको व्यक्तिगत विवरणको आधारमा सर्टलिष्ट भएका व्यक्तिले मात्रै विश्वविद्यालयको सोचपत्र र चार वर्षीय बिजनेस प्लान पेस गर्नु पर्ने प्रावधान राखेको छ । 

प्रतिक्रिया