Edukhabar
सोमबार, ०७ जेठ २०८१
गतिविधि

उपकुलपतिको सर्टलिष्टमा परेकाले आजदेखि विश्वविद्यालय सुधारको योजना प्रस्तुत गर्दै

प्रस्तुति गर्न हरेक व्यक्तिलाई २० मिनेट हुनेछ । मुल्याङकन गर्न दुई जना विज्ञ रहने व्यवस्था गरिएको छ ।

सोमबार, २९ माघ २०८०

काठमाडौँ–त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले सोमबार देखि सर्टलिष्टमा परेकालाई कार्य योजना प्रस्तुति गराउने भएको छ । 

शिक्षा मन्त्री अशोक कुमार राई संयोजक रहेको समितिले निकालेको सर्टलिष्टमा परेका चार जनाले सोमबार सोचपत्र र विश्वविद्यालय सुधारको चार वर्षीय कार्य योजना प्रस्तुतीकरण गर्दै छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा पहिलो दिन त्रिभुवन विश्वविद्यालयको मानविकी संकायको डीन कुसुम शाक्य, पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति केशरजंग बराल, त्रिवि कीर्तिपुर क्याम्पसका पूर्व प्रमुख गोविन्द सुवेदी र त्रिवि शिक्षा संकायका डीन  चित्रबहादुर बुढाथोकीले आफ्नो सोचपत्र र कार्यपत्र प्रस्तुत गर्दै छन् । प्रस्तुति गर्न हरेक व्यक्तिलाई २० मिनेट हुनेछ । मुल्याङकन गर्न दुई जना विज्ञ रहने व्यवस्था गरिएको छ । एक उम्मेदवारले प्रस्तुत गर्ने प्रस्तुतिको मुल्याङकन गर्न फरक फरक विज्ञ राख्ने व्यवस्था मिलाएको समितिका एक सदस्यले बताए । उपकुलपति छनौट कार्यविधिमा प्रस्तुतिलाई २० अङ्क भार छुट्याईएको छ ।  १० अङ्क अन्तरवार्तालाई छुट्याईएको छ । 

फागुन १ मा ज्ञानेन्द्र प्रसाद पौड्याल, टंकनाथ धमला, तीर्थ खनियाँ, नारायण वेलवासे, प्रकाश घिमिरेले आफ्नो सोचपत्र र विश्वविद्यालय सुधार गर्ने चार वर्षीय कार्य योजना प्रस्तुत गर्ने छन् ।

त्यस्तै फागुन २ मा भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल, सूर्यबहादुर थापाले प्रस्तुति गर्ने कार्यक्रम तय गरिएको छ । 

प्रतिक्रिया