Edukhabar
विहीबार, ०३ जेठ २०८१
गतिविधि

सर्टलिष्टमा परेकाको नाम कानुन सम्मत छ : शिक्षा राज्यमन्त्री

‘बौद्धिक चोरी गरेको भनिएको व्यक्ति यस अघि पनि उपकुलपति भइसक्नु भएको छ' उनले भनिन ‘उहाँको बारेमा कुनै पनि उजुरी नपरेकोले नियम संगत छ ।’

सोमबार, २९ माघ २०८०

काठमाडौं - शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिलाकुमारी यादवले उपकुलपतिको छनोट कानुन र नियम सम्मत भएको दावी गरेकी छन् । 

सर्टलिष्टमा परेका केही व्यक्ति माथि कसैको पनि उजुरी नपरेको उनले बताइन् । बौद्धिक चोरी, सूचना लुकाएर जरिवाना तोकिएको व्यक्तिलाई उपकुलपतिको सर्टलिष्टमा परेको भन्दै बिरोध भएपछि संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले डाकेको बैठकमा राज्यमन्त्री यादवले उक्त कुरा बताएकी हुन् ।

‘बौद्धिक चोरी गरेको भनिएको व्यक्ति यस अघि पनि उपकुलपति भइसक्नु भएको छ,’उनले भनिन,‘उहाँको बारेमा कुनै पनि उजुरी नपरेकोले नियम संगत छ ।’ 

राज्यमन्त्रीले प्रा. डा. तीर्थराज खनियाँको नाम नलिइ उपकुलपतिको कार्यकाल सकाएको र फेरी आवेदन दिदाँ मात्रै प्रश्न उठेको उनले बताइन ।

उपकुलपतिको कार्यकाल सकिएको ४ महिना सम्म पनि त्रिभुवन विश्वविद्यालयमा नयाँ उपकुलपतिको नियुक्ति हुन सकेको छैन । गत कात्तिक १६ गतेबाट उपकुलपति धर्मकान्त बास्कोटाको कार्यकाल सकिए पछि  शुरु नयाँ उपकुलपति छनोटको प्रकृया जारी छ । छनोट समितिले सर्टलिष्ट गरेका १४ जनाका बारेमा संसदीय समितिमा आवाज उठे पछि सोमबारको बैठकमा उक्त विषयमाथि छलफल शुरु भएको हो । 

प्रतिक्रिया