Edukhabar
सोमबार, ०७ जेठ २०८१
गतिविधि

पत्रकारिता विभागको पहिचान झल्किने आफ्नै भवन

बुधबार, ०२ फागुन २०८०

काठमाडौँ–प्रदर्शनी मार्गमा रहेको त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग बुधवारदेखि बल्खुस्थित आफ्नै भवनमा सरेको छ । 

बल्खुस्थित जनप्रशासन क्याम्पस सँगै विभागको अत्याधुनिक भवनको विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्राध्यापक शिवलाल भुसालले उद्घाटन गरेका हुन् । प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस परिसरबाट सञ्चालित विभागले बिहीबारदेखि आफ्नै भवनबाट  पढाई सुरु गर्ने जनाएको छ । 

jmc 1

करिब २१ करोडको लगतमा निर्माण भएको लिफ्ट सहितको भवनमा सुविधा सम्पन्न कक्षाकोठा, प्राध्यापक कक्ष, रेडियो स्टुडियो, फिल्म अध्ययन स्थल, मल्टिमिडिया कक्ष, पुस्तकालय, सभा हल, अतिथि आवास कक्ष रहेको छ । 

बाहिरी डिजाइन नै क्यामेराको लेन्स राखेर भवन आकर्षक देखिएको छ । 

इन्जिनियरिङ अध्ययन संस्थान  पुलचोकको कन्सल्टेन्सीका प्रमुख नारायणप्रसाद गौतमले विभिन्न सेवा सुविधासहितको अत्याधुनिक भवन बनाएको बताए । भवनको पहिलो तलामा लाइब्रेरी,इ-लाइब्रेरी, मल्टिमिडिया रुम र मिटिङ रुम बनाइएको छ । तेस्रो तलामा फोटोग्राफी रुम, चौथो तलमा टेलिभिजन स्टुडियो राख्न मिल्ने गरी संरचना निर्माण गरिएको छ । जहाँ नेपाल टेलिभिजनको जस्तै गरी टेलिभिजन पनि प्रसारण गर्न मिल्ने संरचना बनाएको छ ।  भवनको सभा हलमा २ सय जनासम्म अट्ने हल रहेको छ । भवनको छतबाट काठमाडौँ उपत्यकाको अधिकांश स्थान देख्न सकिन्छ । फिल्म छायाङ्कन समेत गर्न सकिने विभागका प्रमुख प्राध्यापक चिरञ्जीवी खनालले बताए । 

jmc 4

भवन उद्घाटन गर्दै कार्यवाहक उपकुलपति भुसालले पत्रकारिता तथा आमसञ्चार विभागको सुविधा सम्पन्न संरचना बनेसँगै विभागलाई चुनौती पनि थपिएको बताए । विश्वमा दिन प्रतिदिन हुने नयाँ परिवर्तन, नयाँ विकास र उपलब्धिहरूलाई समेटेर देशभित्र भित्र्याउन सक्नुपर्ने भन्दै उनले त्यसको लागि नेपाल सरकारसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने उनले बताए ।

jmc 2

रत्नराज्यलक्ष्मी क्याम्पस परिसरमा सानो ठाउँबाट कक्षा सञ्चालन गर्न असहज भएपछि मागबमोजिम सरकारले सुविधा सम्पन्न भवन तयार गर्न बजेट उपलब्ध गराएको विभागका प्रमुख खनालले बताए । विभागले अब नयाँ भवनबाट नयाँ व्यवस्थापनका साथ थप गुणस्तरीय जनशक्ति निर्माणमा योगदान पुर्‍याउने बताए । भौतिक संरचना पर्याप्त भएकोले पत्रकारिता शिक्षाको गुणस्तरीयतामा खरो उत्रिने खनालले बताए ।

‘०३३ सालबाट आरआरमा पत्रकारिताको शिक्षा सुरु भएको थियो, हामीले कसरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको  सिकाइ, अनुसन्धानलाई लैजाने भनेर लागिप‍र्‍यौँ, हामी साँघुरो कोठाबाट पनि गुणस्तरीय शिक्षा दिन लागिपरिरह्यौँ, भवन बनेपछि झनै चुनौती थपिएको छ । त्यसैले अब गुणस्तरमा खरो उत्रिनुपर्ने छ,’उनले भने । 

लिफ्ट निर्माण, स्टुडियोको काम, भवन व्यवस्थापनका केही काम बाँकी उनले बताए । 

 

 

 

प्रतिक्रिया