Edukhabar
आइतबार, ३० बैशाख २०८१
खबर/फिचर

दोहोरो सुविधा नलिने उपकुलपति बरालको घोषणा

'पेन्सन लिन्न, तलब मात्रै लिन्छु'

शुक्रबार, ११ फागुन २०८०

काठमाडौं–त्रिभुवन विश्वविद्यालयका २० औ उपकुलपति प्रा.डा. केशरजंग बरालले विश्वविद्यालयबाट दोहोरो सुविधा नलिने घोषणा गरेका छन् । यसअघिका उपकुलपतिले पेन्सन र तलब दुबै लिने गरेकोमा उनले तलब मात्रै लिने घोषणा गरेका हुन् । 
‘म पोखराको पृथ्वीनारायण क्याम्पसबाट दुई वर्षअघि अवकाश प्राप्त प्रँध्यापक हु,’ पदभार बाहली कार्यक्रममा सम्बोधन गर्दै उनले भने,‘पेन्सन लिन्न, तलब मात्रै लिन्छु ।’

पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति भए पनि उनी त्रिविका अवकास प्राप्त प्राध्यापक हुन् । उनले त्रिविबाटै पेन्सन लिदै आएका छन् ।  त्रिविका पूर्वउपकुलपति तीर्थराज खनिया“, धर्मकान्त बास्कोटाले दोहोरो सुविधा लिने गरेका थिए । कार्यकारी परिषद्को बैठकबाटै निर्णय गराएर अवकास पाएका पदाधिकारीले तलब र पेन्सन दुबै लिने गरेका थिए । 
 

प्रतिक्रिया